logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सरकारले संसद सचिवालयका कर्मचारीको जायज माग तत्काल पूरा गर्नुपर्छ : सांसद केसी

    सरकारले संसद सचिवालयका कर्मचारीको जायज माग तत्काल पूरा गर्नुपर्छ : सांसद केसी

    490
    Shares
    सरकारले संसद सचिवालयका कर्मचारीको जायज माग तत्काल पूरा गर्नुपर्छ : सांसद केसी

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संसद सचिवालयका कर्मचारीको जायज माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् । आईतबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

    सांसद केसीले नुवाकोटको ऐतिहासिक महत्वको साततले दरबार पुनर्निर्माणमा चासो नदिएको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरे । २०७२ सालको भूकम्पले थिलथिलो बनाएको सो दरबारको पुनर्निर्माणको काम चीन सरकारले गर्ने भने पनि अहिलेसम्म शुरु हुन नसकेकाले सरकारले नै सो काम तत्काल शुरु गर्नुपर्ने उनले दबाब दिए । सांसद केसीले चीन सरकारले सो दरबारको पुनर्निर्माणको काम गर्ने नगर्ने भन्नेबारे पनि सरकारले तत्काल वार्ता गर्नुपर्ने आवश्यकता औंल्याए ।

    उनले भने, ‘नुवाकोटको ऐतिहासिक सात तले दरबार २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको नौ वर्ष भयो । पुनर्निर्माण हुन नसक्दा खण्डहरको रुपमा परिणत भएको छ । चीन सरकारले बनाई दिने घोषणा त गर्यो । तर आजसम्म त्यसै थिलथिलो रहेको छ । यसबारे पटक पटक मैले कुरा उठाए । तर कुनै पनि सरकारले पटक्कै ध्यान नदिएकोप्रति खेद व्यक्त गर्दै यसको पुनर्निर्माणमा चीन सरकारसँग तत्कालै वार्ताद्वारा टुंग्याउने वा सरकारले नै युद्धस्तरमा कार्य सुरु गर्ने काम तत्काल गरोस् । संसद सचिवालयका कर्मचारीहरुको जायज माग तुरुन्त पूरा गरियोस् ।’

    सांसद केसीले भूकम्पपछिको पुनर्निर्माणको काममा सरकार अझै गम्भिर नभएको आरोप पनि लगाए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend