logo

२०८१ असार १४ शुक्रबार

logo
  • शुक्रबार, १४ असार २०८१
  • मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्धको मुद्धा विशेष अदालतमा रुजु हुँदै, दर्तापछि स्वत: निलम्बनमा पर्ने

    मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्धको मुद्धा विशेष अदालतमा रुजु हुँदै, दर्तापछि स्वत: निलम्बनमा पर्ने

    1.1K
    Shares
    मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्धको मुद्धा विशेष अदालतमा रुजु हुँदै, दर्तापछि स्वत: निलम्बनमा पर्ने

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्धा दर्ता गर्न विशेष अदालत पुगेको छ । अन्त: शुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै मुख्यसचिव अर्यालसहित अर्थ मन्त्रालयका कर्मचारीलाई मुद्दा दायर गर्न अख्तियारको टोली विशेष अदालत पुगेको हाे । अख्तियारको कर्मचारीहरु फाइल बोकेर विशेष अदालत पुगेका छन् ।

    स्रोतका अनुसार सञ्चार सचिव हुँदा उनले गरेको निर्णयले मुलुकको राज्यकोषमा हानि नोक्सानी पुगेकोले मुद्दा दायर गर्ने निर्णय भएको हो ।

    अदालतमा अहिले मुद्धाको रुजु गर्ने काम भएरहेको छ । रुजुको काम सकिएपछि मुद्धा दर्ता हुने विशेष अदालतका प्रवक्त तथा सहरजिष्टार धनबहादुर कार्कीले बताए । अदालतमा मुद्धा दर्ता भएपछि मुख्यसचिव अर्याल निलम्बनमा पर्ने छन् ।

    स्टिकर छपाइमा अनियमितता भएको भन्दै अख्तियारले अनुसन्धान गरेको थियो । मदिरामा प्रयोग हुने अन्तः शुल्क स्टिकर छपाइएको जिम्मा विभागले सुरक्षण मुद्रण केन्द्रलाई दिएको थियो । जुन बेला विभागका महानिर्देशक शाक्य थिए भने अर्याल सञ्चार सचिव थिए ।

    त्यस्तै, केन्द्रको कार्यकारी निर्देशकमा विकल पौडेल थिए । पौडेलले स्वदेशी प्रिन्टिङ कम्पनी प्रिन्ट सेललाई अन्त: शुल्क छाप्न दिएका थिए । विभागले केन्द्रलाई प्रति स्टिकर ६० पैसामा छपाइ गर्न दिएकाेमा विकलले ८७ पैसामा छपाइ गर्न जिम्मा लगाएका थिए । यसपछि अख्तियारमा उजुरी परेको थियो ।

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend