logo

२०८१ असार १४ शुक्रबार

logo
  • शुक्रबार, १४ असार २०८१
  • मुख्यसचिव बैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध भष्ट्राचार मुद्धा, अख्तियारद्धारा ३८ करोड ६७ लाख बिगो माग दावी

    मुख्यसचिव बैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध भष्ट्राचार मुद्धा, अख्तियारद्धारा ३८ करोड ६७ लाख बिगो माग दावी

    1.3K
    Shares
    मुख्यसचिव बैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध भष्ट्राचार मुद्धा, अख्तियारद्धारा ३८ करोड ६७ लाख बिगो माग दावी

    काठमाडौं । सरकारका बहालवाला मुख्यसचिव डा. बैकुण्ठ अर्याल र सहसचिव रितेशकुमार शाक्यलगायत १२ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ। शाक्य अहिले अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख हुन् ।

    अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आइतबार मुख्यसचिव अर्याल, अर्थका बजेट तथा कार्यक्रम महाशाखा प्रमुख तथा सहसचिव शाक्यसहित १२ जनाविरूद्ध मुद्दा दर्ता गरेको विशेष अदालतका प्रवक्ता एवं उपरजिष्ट्रार धनबहादुर कार्कीले सुनौलो नेपाललाई जानकारी दिए। मुद्दा दर्ता भएसँगै मुख्यसचिव अर्याल र सहसचिव शाक्यलगायत सबै निलम्बनमा परेका छन्।

    अन्तःशुल्क स्टिकर खरिदमा अनियमितता गरेको कसुरमा उनीहरूविरूद्ध मुद्दा दायर भएको हो। मुख्यसचिव अर्यालसहित १२ जनाविरूद्ध अख्तियारले ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ बिगो मागदाबी गरेको छ। उक्त बिगो प्रतिवादी अर्यालसहित १२ जनाबाट असुल गर्न अख्तियारकाे माग छ।

    भ्रष्टाचार अभियोगमा अदालतमा मुद्धा दर्ता हुनेमा मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेल, उपसचिव नरेशविक्रम शाही, केन्द्रका निर्देशक सफल श्रेष्ठ, आन्तरिक राजस्व विभागका शाखा अधिकृत रविन्द्र पौडेल, लेखाअधिकृत सेवानिवृत्त विष्णुप्रसाद गौतम, शाखा अधिकृत हरिबल्लभ घिमिरे, खरिद परामर्शदाताका शक्तिप्रसाद श्रेष्ठ, प्रिन्ट सेल प्रालिका निर्देशक केशव शर्मालगायत रहेका छन् । विकल अहिले भ्रष्टाचार मुद्धामा जेलमा छन् ।

    स्टिकर छपाइमा अनियमितता भएको भन्दै अख्तियारले अनुसन्धान गरेको थियो । मदिरामा प्रयोग हुने अन्तः शुल्क स्टिकर छपाइएको जिम्मा विभागले सुरक्षण मुद्रण केन्द्रलाई दिएको थियो । जुन बेला विभागका महानिर्देशक शाक्य थिए भने अर्याल सञ्चार सचिव थिए ।

    केन्द्रको कार्यकारी निर्देशकमा विकल पौडेल थिए । पौडेलले स्वदेशी प्रिन्टिङ कम्पनी प्रिन्ट सेललाई अन्तः शुल्क छाप्न दिएका थिए । विभागले केन्द्रलाई प्रति स्टिकर ६० पैसामा छपाइ गर्न दिएकोमा विकलले ८७ पैसामा छपाइ गर्न जिम्मा लगाएका थिए । यसपछि अख्तियारमा उजुरी परेको थियो ।

    दायर भएसँगै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ अनुसार स्वतः निलम्बनमा परेका हुन्।कुनै राष्ट्रसेवक थुनामा रहेकोमा अवधिभर र उनीमाथि मुद्दा दायर भएमा त्यस्तो राष्ट्रसेवक सो मुद्दा किनारा नभएसम्म स्वतः निलम्बनमा रहने उल्लेख छ।

    यो पनि :

    मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्धको मुद्धा विशेष अदालतमा रुजु हुँदै, दर्तापछि स्वत: निलम्बनमा पर्ने

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend