logo

२०८१ असार १४ शुक्रबार

logo
  • शुक्रबार, १४ असार २०८१
  • लुम्बिनी हर्बोस्यूटिकल्सले आइपिओ ल्याउने

    लुम्बिनी हर्बोस्यूटिकल्सले आइपिओ ल्याउने

    715
    Shares
    लुम्बिनी हर्बोस्यूटिकल्सले आइपिओ ल्याउने

    काठमाडौं । भैरहवामा सञ्चालित आयुर्वेद औषधी तथा आयुर्वेद खाद्यपदार्थ उत्पादन गर्ने लुम्बिनी हर्बोस्यूटिकल्स लिमिटेडले पुँजीवृद्धि गर्दै प्राथमिक सेयर (आइपिओ) जारी गर्ने भएको छ । कम्पनीले यी सबै प्रक्रियाका लागि एलिट क्यापिटल लिमिटेडसँग कर्पोरेट एडभाईजरी सेवासम्बन्धि सम्झौता गरेको छ ।

    यससम्बन्धि सम्झौतामा एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्य र लुम्बिनी हर्बोस्यूटिकल्सका अध्यक्ष डा. ध्रुव भट्टराईले हस्ताक्षर गरेका छन् । एलिट क्यापिटलले ‘रोड टु आइपिओ’ योजनाअन्तरर्गत लुम्बिनी हर्बोस्यूटिकल्सलाई थप पुँजी जुटाउँदै पव्लिक कम्पनीमा रुपान्तरण गरी आइपिओ निष्काशन गर्न परामर्श सेवा प्रदान गर्नेछ ।

    एलिटले कम्पनीको पुँजीवृद्धि, व्यवसाय विस्तार, वित्तीय व्यवस्थापन र बजारीकरणका लागि समेत संस्थागत परामर्श सेवा उपलब्ध गराउने भएको छ । यसबाहेक आइपिओ निष्काशन प्रयोजनका लागि बिक्री प्रबन्धक र अण्डर राईटरको व्यवस्थापन पनि एलिट क्यापिटलले नै गर्नेछ ।

    हाल १३ करोड रुपैयाँ चुक्तापुँजी रहेको यस कम्पनीमा नयाँ लगानीकर्ता थपिएसँगै पुँजीवृद्धि गरी नयाँ प्लान्टमार्फत उत्पादन शुरु गर्न लागिएको छ । पुँजीवृद्धिपछि पब्लिक कम्पनीमा रुपान्तरण भई आइपिओ जारी गर्ने योजना बनाएको कम्पनीका अध्यक्ष डा. भट्टराईले जानकारी दिए ।

    रुपन्देहीको तिलोत्तमा १५ मा आफ्नै भवनमा रहेको कारखानामा यस कम्पनीले बिभिन्न ब्राण्डका करिब २ दर्जन आयूर्वेदजन्य औषधी तथा खाद्यपदार्थ उत्पादन गरिरहेको छ ।

    हालसम्म औषधीजन्य उद्योगहरु पब्लिक कम्पनीको रुपमा दोस्रो बजारमा छैनन । २ वटा औषधी उद्योगले आइपिओ जारी गर्न प्रक्रिया शुरु गरेका छन । तर, आयूर्वेद औषधी उद्योगको रुपमा लुम्बिनी दोस्रो बजारमा आउने पहिलो कम्पनी हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend