सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

काठमाडौंमा केही समयपछि मेलम्चीको पानी बन्द हुन्छ : मन्त्री राई

काठमाडौंमा केही समयपछि मेलम्चीको पानी बन्द हुन्छ : मन्त्री राई

काठमाडौं । खानेपानीमन्त्री राजेन्द्रकुमार राईले मेलम्ची खानेपानी केही समयपछि बन्द हुने बताएका छन् । आईतबार प्रतिनिधि सभा बैठकमा मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताएका हुन् ।

मन्त्री राईले सो खानेपानीको विकल्प पनि सरकारले सोचिसकेको बताए । मन्त्री राईले बाढीको मात्रा बढने बित्तिकै मेलम्चीको पानी काठमाडौं ल्याउने कुरा सम्भव नहुने अवस्था रहेको तथ्य पनि स्मरण गराए । उनले खानेपानीको अभाव हुन सरकारले नदिने गरी योजना बनाएको दाबी पनि गरे ।

मन्त्री राईले भने, ‘मेलम्ची खानेपानीको सुरुङ बन्द गर्ने हल्ला छ । त्यो चाहीँ बाढीको कारणले गर्दाखेरी हिलो आउने, अनि भत्किने कारणबाट अहिले ठूलो बाढी नआएकाले यसलाई बन्द गरिएको छैन । केही समयपछि बन्द हुने कुरा पनि छ । त्यसपछि त्यहाँको पानीको समस्या समाधान गर्नका लागि हामीले अन्य विकल्पहरु पनि सोचिएको कुरा म तपाईहरुलाई जानकारी गराउन चाहन्छु ।’

मन्त्री राईले मेलम्चीको लार्के र याङ्ग्री खोलाबाट पनि पानी ल्याउने तयारी शुरु गरिएको बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend