logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • अन्तिम समयमा गोल गर्दै जर्मनी समूह विजेता, अन्तिम १६ मा प्रवेश

    अन्तिम समयमा गोल गर्दै जर्मनी समूह विजेता, अन्तिम १६ मा प्रवेश

    420
    Shares
    अन्तिम समयमा गोल गर्दै जर्मनी समूह विजेता, अन्तिम १६ मा प्रवेश

    फ्रांकफर्ट । स्विट्जरल्यान्डलाई बराबरीमा रोक्दै आयोजक जर्मनी समूह ‘ए’ को विजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको छ । निकलास फुलक्रुगले इन्जुरी समयमा गोल गरेपछि जर्मनी र स्विट्जरल्यान्डबिचको खेल १–१ को बराबरीमा टुङ्गिएको हो ।

    सोमबार बिहान भएको खेलमा अग्रता भने स्विट्जरल्यान्डले लिएको थियो । खेलको २८ औँ मिनेटमा डान एनडोयोले स्विस टोलीलाई अप्रत्याशित अग्रता दिलाएका थिए ।

    जितसँगै समूहको विजेता बन्ने सपना बोकेको स्विट्जरल्यान्डलाई ९२ औँ मिनेटमा फुलक्रुगले ठुलो झट्का दिए । योसँगै जर्मनीले प्रतियोगितामा आफ्नो अपराजित यात्रा जारी राखेको छ ।

    बराबरीपछि ३ खेलबाट जर्मनीको ७ अङ्क रहेको छ । स्विस टोलीले समान खेलबाट ५ अङ्क रहेको छ ।

    यस समूहको अन्य खेलमा हंगेरीले स्कटल्यान्डलाई १–० गोलले हरायो । यो नतिजापछि हंगेरीले प्रतियोगिताको नकआउट चरण पुग्ने सम्भावना कायम राखेको छ भने स्कटल्यान्ड प्रतियोगिताबाट बाहिरिएको छ । हंगेरीको ३ अङ्क छ भने स्कटल्यान्डको १ अङ्क मात्र रहेको छ । एजेन्सी

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend