logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • भ्रष्टाचार आरोपमा निलम्वित मुख्यसचिव अर्याल राष्ट्रिय योजना आयोगको विशेष पदमा सरुवा

    भ्रष्टाचार आरोपमा निलम्वित मुख्यसचिव अर्याल राष्ट्रिय योजना आयोगको विशेष पदमा सरुवा

    1.4K
    Shares
    भ्रष्टाचार आरोपमा निलम्वित मुख्यसचिव अर्याल राष्ट्रिय योजना आयोगको विशेष पदमा सरुवा

    काठमाडौँ । सरकारले निलम्बित मुख्य सचिव बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेर सरुवा गरेको छ ।

    अर्यालले राजीनामा नदिएपछि उनलाई विशेष पद सिर्जना गरेर योजना आयोगमा लगेको हो । मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

    सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई योजना आयोगको विशेष पद सिर्जना गरेर सरुवा गरेको छ ।

    त्यस्तै बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी सचिव लीलादेवी गड्तौलालाई कामु मुख्य सचिवमा निरन्तरता दिने जनाएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार सरकारका बहालवाला मुख्यसचिव डा बैकुण्ठ अर्याल र सहसचिव रितेशकुमार शाक्यलगायत १२ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

    मुद्दा दर्ता भएसँगै स्वत निलम्बलनमा परेका उनले राजीनामा नदिएपछि आज बसेको मन्त्रीपरिषद् बैठकले उनलाई विशेष पद सिर्जना गरेर योजना आयोगमा लगेको हो ।

    अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आइतबार मुख्यसचिव अर्याल, अर्थका बजेट तथा कार्यक्रम महाशाखा प्रमुख तथा सहसचिव शाक्यसहित १२ जनाविरूद्ध मुद्दा दर्ता गरेको हो ।

    अन्तःशुल्क स्टिकर खरिदमा अनियमितता गरेको कसुरमा उनीहरूविरूद्ध मुद्दा दायर भएको हो। मुख्यसचिव अर्यालसहित १२ जनाविरूद्ध अख्तियारले ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ बिगो मागदाबी गरेको छ। उक्त बिगो प्रतिवादी अर्यालसहित १२ जनाबाट असुल गर्न अख्तियारको माग छ।

    भ्रष्टाचार अभियोगमा अदालतमा मुद्धा दर्ता हुनेमा मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेल, उपसचिव नरेशविक्रम शाही, केन्द्रका निर्देशक सफल श्रेष्ठ, आन्तरिक राजस्व विभागका शाखा अधिकृत रविन्द्र पौडेल, लेखाअधिकृत सेवानिवृत्त विष्णुप्रसाद गौतम, शाखा अधिकृत हरिबल्लभ घिमिरे, खरिद परामर्शदाताका शक्तिप्रसाद श्रेष्ठ, प्रिन्ट सेल प्रालिका निर्देशक केशव शर्मालगायत रहेका छन् । विकल अहिले भ्रष्टाचार मुद्धामा जेलमा छन् ।

    स्टिकर छपाइमा अनियमितता भएको भन्दै अख्तियारले अनुसन्धान गरेको थियो । मदिरामा प्रयोग हुने अन्तः शुल्क स्टिकर छपाइएको जिम्मा विभागले सुरक्षण मुद्रण केन्द्रलाई दिएको थियो । जुन बेला विभागका महानिर्देशक शाक्य थिए भने अर्याल सञ्चार सचिव थिए ।

    केन्द्रको कार्यकारी निर्देशकमा विकल पौडेल थिए । पौडेलले स्वदेशी प्रिन्टिङ कम्पनी प्रिन्ट सेललाई अन्तः शुल्क छाप्न दिएका थिए । विभागले केन्द्रलाई प्रति स्टिकर ६० पैसामा छपाइ गर्न दिएकोमा विकलले ८७ पैसामा छपाइ गर्न जिम्मा लगाएका थिए । यसपछि अख्तियारमा उजुरी परेको थियो ।

    यो पनि :

    मुख्यसचिव बैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध भष्ट्राचार मुद्धा, अख्तियारद्धारा ३८ करोड ६७ लाख बिगो माग दावी

    मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्धको मुद्धा विशेष अदालतमा रुजु हुँदै, दर्तापछि स्वत: निलम्बनमा पर्ने

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend