logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • सशस्त्रका १८ जना एसपी र २३७ जना डीएसपीहरुको सरुवा

    सशस्त्रका १८ जना एसपी र २३७ जना डीएसपीहरुको सरुवा

    1.6K
    Shares
    सशस्त्रका १८ जना एसपी र २३७ जना डीएसपीहरुको सरुवा

    काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले १८ जना सशस्त्र प्रहरी उपरीक्षक र २ सय ३७ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरुको सरुवा गरेको छ ।

    निकट भविष्यमा अनिवार्य अवकाश हुने र हाल कमाण्ड जिम्मेवारीमा रहेका सशस्त्र प्रहरी उपरीक्षकहरुलाई कमाण्ड जिम्मेवारी भन्दा अन्यत्र सरुवा गरिएको छ ।

    सशस्त्र प्रहरी नायव उपरीक्षकहरुलाई गत असोज १ गते प्रकाशित सशस्त्र प्रहरी नायव उपरीक्षकहरुको कमाण्ड पूर्वानुमान सुचीको आधार मानी असार ९ गते सशस्त्र प्रहरी बल नेपालका विभिन्न कार्यालयहरुमा सरुवा गरिएको हो ।

    वर्ष अवधि पुरा भएका र कमाण्डको जिम्मेवारीमा रहेका नायव उपरीक्षकहरुको एकैपटक सरुवा गरिएको हो । सरुवा गरिएका मध्ये १४ जनाले आश्रित गुल्म र २६ जनाले अनाश्रित गुल्मको जिम्मेवारी पाएका छन् ।

    पूर्वानुमान सूची अनुसार कमाण्ड जिम्मेवारीमा खटिन बाँकी रहेका र अन्य सशस्त्र प्रहरी नायव उपरीक्षकहरुलाई समेटी आगामी कमाण्डको लागि संगठनले छिट्टै नयाँ पूर्वानुमान सूची प्रकाशन गर्ने योजना रहेको छ ।

    सशस्त्र प्रहरी बल नेपालले विगत २ वर्षदेखि सशस्त्र प्रहरी उपरीक्षकदेखि निरीक्षकसम्म करीव १० महिना अघिदेखि नै जेष्ठता क्रम अनुसार कमाण्ड पूर्वानुमान सुची प्रकाशित गरी सोही अनुसार कमाण्डमा पठाउँदै आएको डिएसपि शैलेन्द्र थापाले जानकारी दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend