logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • भ्रष्टाचारबिरुद्ध अझ निर्मम बन्न सरकारलाई सांसद गैरेको आग्रह

    भ्रष्टाचारबिरुद्ध अझ निर्मम बन्न सरकारलाई सांसद गैरेको आग्रह

    497
    Shares
    भ्रष्टाचारबिरुद्ध अझ निर्मम बन्न सरकारलाई सांसद गैरेको आग्रह

    काठमाडौं । नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले भ्रष्टाचारबिरुद्ध अझ निर्मम बन्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा शुन्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई भ्रष्टाचारको मुद्दा दायर भएको भन्दै यसले निजामति क्षेत्रसहित सम्पूर्ण क्षेत्रलाई लज्जित तुल्याएको जिकिर गरे । उनले माथि भन्नुस्, माथिको आदेश छैन, माथि मिलाउनुपर्छ भोलि आउनुस् जस्ता स्वरहरुले आम सेवाग्राहीलाई आजित बनाइरहेको बताए । उनले देशको स्थायी सरकारको प्रमुख पदमा रहेको मुख्यसचिवलाई नै भ्रष्टाचारको मुद्दा दायर हुनेले निजामति सेवा क्षेत्र कति समस्याग्रस्त भन्नेकुरा स्पष्ट हुने बताए ।

    उनले भने, ‘भ्रष्टाचारबिरुद्ध अझ निर्मम बन्न सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँछु । यसले हामी सबैलाई लज्जित तुल्याइरहेको छ । माथि भन्नुस्, माथिको आदेश छैन । माथि मिलाउनुपर्छ । भोलि आउनुस् जस्ता स्वरहरुले आम सेवाग्राहीलाई आजित बनाइरहेको हुन्छ ।

    त्यसमाथि पनि देशको स्थायी सरकारको प्रमुख पदमा रहेको मुख्यसचिव जस्तो व्यक्ति नै अख्तियारद्वारा भ्रष्टाचारको मुद्दा दायर हुने परिस्थितिले हाम्रो सेवा क्षेत्र कति समस्याग्रस्त छ भन्नेकुरा बताउँछ । हाम्रो निजामतिभित्र रहेको भ्रष्टाचारको जालो कति मजबुत छ भन्नेकुरालाई पनि बताउँछ । यो निजामतिमा मात्रै सिमित रहेर सम्भव छ ।’

    उनले निजामतिभित्र रहेको भ्रष्टाचारको जालो कति मजबुत छ भन्नेकुरालाई यसले स्पष्ट बनाएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend