logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सांसद पौडेलको प्रश्न : देश सरकारले चलाइरहेको छ की अन्त कतैबाट चलेको छ ?

    सांसद पौडेलको प्रश्न : देश सरकारले चलाइरहेको छ की अन्त कतैबाट चलेको छ ?

    714
    Shares
    सांसद पौडेलको प्रश्न : देश सरकारले चलाइरहेको छ की अन्त कतैबाट चलेको छ ?

    काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले देश सरकारले चलाइरहेको छ की अन्त कतैबाट चलेको छ ? भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा शुन्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरुले आफूले भनेको नमानेको कुरा बताएको उल्लेख गर्दै प्रधानमन्त्रीय पद्धतिमा यो भन्दा लज्जास्पद कुरा के हुन्छ ? भन्दै प्रश्न गरे । सरकारमा बसेर प्रश्न सोध्नेहरुको जवाफ कसले दिने ? भन्ने उनको अर्को प्रश्न थियो । उनले सरकार अराजकतातिर गइरहेको बताए । उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विदेशीलाई सूचना बेच्ने व्यक्ति संसदा रहेको अभिव्यक्ति दिएको र रक्षामन्त्री हरि उप्रेतीले आईतबार सांसदका प्रश्नको जवाफ दिने क्रममा दिनुभएको अभिव्यक्ति पदीय मर्यादाअनुरुप नरहेको जिकिर गरे ।

    उनले भने, ‘केही दिनअघि गृहमन्त्रीज्युले विदेशीलाई सूचना बेच्ने व्यक्ति यही संसदमा रहेको अभिव्यक्ति दिनुभयो । हिजोमात्रै रक्षामन्त्रीज्युले प्रश्नहरुको उत्तर दिने सन्दर्भमा जे अभिव्यक्तिहरु राख्नुभयो, त्यो उहाँको पदीय मर्यादाअनुरुप छ भन्ने मलाई लाग्दैन । बजेट आयो, सबैभन्दा बढी बजेट भएको भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयदेखि सबैभन्दा कम बजेट भएको ज्येष्ठ नागरिकमन्त्रीसम्म आफ्नो हात जगन्नाथ भनेको जस्तै आफ्नै निर्वाचन क्षेत्रमा मात्रै बजेट लैजानु भयो ।

    सरकारले संसदलाई असाध्यै हेपेको छ । यो अवस्थामा प्रधानमन्त्रीज्यु भन्नुहुन्छ, मेरो निर्देशन कसैले मान्दैन, प्रधानमन्त्रीय पद्धतिमा यो भन्दा लज्जाजनक कुरा के हुनसक्छ ? म सभामुखमार्फत सरकारलाई सोध्न चाहन्छु, सरकारमा बसेर प्रश्न सोध्नेहरुको जवाफ कसले दिने हो ? यो अराजकता कहिले अन्त्य हुने हो । यो देश सरकारले चलाइरहेको छ की अन्त कतैबाट चलेको छ ? जवाफ चाहन्छु ।’

    उनले मन्त्रीहरुले आफ्नै क्षेत्रमा मात्रै बजेट विनियोजन गरेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend