logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • देशलाई राम्रो प्रधानमन्त्री चाहिएको छ, तर प्रचण्ड जादुगर बन्न लाग्नुभयो : रमेश लेखक

    देशलाई राम्रो प्रधानमन्त्री चाहिएको छ, तर प्रचण्ड जादुगर बन्न लाग्नुभयो : रमेश लेखक

    700
    Shares
    देशलाई राम्रो प्रधानमन्त्री चाहिएको छ, तर प्रचण्ड जादुगर बन्न लाग्नुभयो : रमेश लेखक

    काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राम्रो प्रधानमन्त्रीको ठाउँमा राम्रो जादुगर बनेर आएको बताबताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले अस्थिरताको चुनौति कायम रहेको बताए ।

    उनले प्रधानमन्त्री दाहालले आफ्नो दलको संख्या संख्या नभएर जादु रहेको बताएको भन्दै देशलाई राम्रो प्रधानमन्त्री चाहिएको तर प्रधानमन्त्री राम्रो जादुगर भएर आएको टिप्पणी गरे । उनले विडम्वनापूर्ण अवस्थामा नेपाली नागरिकहरु बाँच्नु परिरहेको बताए । उनले अहिले पनि धेरै चुनौतिहरु नेपाली नागरिकले व्यहोर्नु परिरहेको बताए । उनले मुलुकमा स्थिरता, समृद्धि, मुलुकको उन्नति, दिगो शान्ति, विकास र सुशासन आजको आवश्यकता भएको बताए ।

    उनले भने, ‘कतिपय चुनौतिहरु अहिले पनि हामीले व्यहोर्नु परिरहेको छ । अहिले अस्थिरताको चुनौति छ । मुलुकमा स्थिरता, समृद्धि, मुलुकको उन्नति, दिगो शान्ति, विकास र सुशासन आजको आवश्यकता छ । तर राजनीतिक अस्थिरताले यि सबै कुरालाई ओझेलमा राखेको छ ।

    अझै कति दिन अस्थिरता व्यहोर्नुपर्ने हो भन्नेकुरा पनि थाहा छैन । सम्माननीय प्रधानमन्त्रीजीले यो मेरो संख्या होइन जादु हो भन्नुभएको छ । हामीलाई राम्रो प्रधानमन्त्री चाहिएको छ, उहाँ राम्रो जादुगर भएर आउनुभइएको छ । त्यस्तो विडम्वनामा हामीले बाच्नु परिरहेको छ ।’

    उनले लोकतन्त्र भनेको विचारको बजार भएको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend