logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • आन्दोलनरत संसद् सचिवायलका कर्मचारी र सरकारबीच ७ बुँदे सहमति

    आन्दोलनरत संसद् सचिवायलका कर्मचारी र सरकारबीच ७ बुँदे सहमति

    742
    Shares
    आन्दोलनरत संसद् सचिवायलका कर्मचारी र सरकारबीच ७ बुँदे सहमति

    काठमाडौँ । आन्दोलनरत संसद् सचिवायलका कर्मचारी र सरकारबीच ७ बुँदे सहमति भएको छ । सहमति अनुसार संसद् सचिवालयका कर्मचारीको आवास भत्ता, शैक्षिक भत्ता र खाजा खर्च बढ्ने छ ।

    कर्मचारीहरुलाई प्रदान गरिँदै आएको शैक्षिक भत्तामा मासिक ३ सय वृद्धि गर्ने, अतिरिक्त समयमा काम गरेवापत खाजा तथा खाना खर्च दैनिक १ सयले वृद्धि गर्ने साथै यो रकम मासिक रुपमा प्रदान गर्ने सहमति भएको छ ।

    सोमबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डे र कर्मचारी युनियनबीच भएको वार्ता पछि सहमति भएको हो ।

    २१ दिनदेखि संसद् सचिवालयमा कार्यरत कर्मचारी खाजा, आवासका साथै अतिरिक्त समयमा काम गरेको भत्ता पाउनुपर्ने माग राख्दै आन्दोलनमा थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend