logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४६ करोड बढीको बजेट,विकास बजेट कती ?

    ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४६ करोड बढीको बजेट,विकास बजेट कती ?

    322
    Shares
    ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४६ करोड बढीको बजेट,विकास बजेट कती ?

    ललितपुर । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका २०८१ / ८२ लागि ७ अर्ब ४६ करोड ८३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । चालू वर्षका लागि ६ अर्ब ५० करोड रुपैयाँको बजेट ल्याएको ललितपुरले आगामी वर्षका लागि बजेटको आकार १५ प्रतिशतले बढी हो ।

    यसमध्ये चालूतर्फ २ अर्ब ७८ करोड ८९ लाख ६९ हजार विनियोजन भएको छ । चालु आर्थिक वर्षका लागि २ अर्ब ४९ करोड ८४ लाख ४२ हजार रुपैयाँ चालू खर्चतर्फ विनियोजन भएको थियो । विनियोजन भएकोमा आगामी वर्षमा सामाजिक सुरक्षा भत्ता बापत थप १५ करोड विनियोजन भएको छ ।

    यस्तै अन्य प्रशासनिक खर्च तर्फका पारिश्रमिक लगायतका अनिवार्य दायित्वको रूपमा रहेको खर्चमा हुने वृद्धिका आधारमा चालु खर्च तर्फ गत वर्षको तुलनामा करिब २९ करोड बढ्ने प्रक्षेपण गरिएको छ । अर्थात् यो रकम चालु वर्षको तुलना ११ प्रतिशत बढी हो ।

    पुँजीगत खर्चतर्फ आगामी आर्थिक वर्षका लागि ४अर्ब ६७ करोड ९४ लाख २३ हजार विनियोजन गरेको उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले जानकारी दिइन् । चालु आर्थिक वर्षमा पुँजीगत खर्च ४ अर्ब २१ लाख ४६ हजार विनियोजन भएकोमा बहुवर्षीय तथा अधुरा योजनाहरुको भुक्तानी र पूर्वाधार विकासका लागि थप खर्च हुने आंकलन गरी गत वर्षको भन्दा करिब ६८ करोड रकम पुँजीगत खर्चमा थप हुने गरी प्रस्ताव गरिएको छ ।

    अर्थात् यो रकम चालु वर्षको तुलना १७ प्रतिशत बढी हो । वडास्तरीय कार्यक्रम र विषय क्षेत्रगत कार्यक्रम पूर्वाधार विकास बाहेकका लागि चालु आर्थिक वर्षमा विनियोजन भए अनुसार नै हाराहारीमा आगामी वर्षका लागि बजेट प्रस्ताव गरिएको छ । विषय क्षेत्रगत कार्यक्रम अन्तर्गत पूर्वाधार विकास तर्फ १५ करोड थप गरी ४५ करोड ६२ लाख कायम हुने गरी बजेट छुटयाईएको छ ।

    माथि उल्लेखित सीमा भित्र रही बडा समिति र विषय क्षेत्रगत समितिले बजेट प्रस्ताव गरी पेश गरेको र सोही बमोजिम बजेट विनियोजन भएको उपप्रमुखले घोषणा गरिन् । यसबाहेक बोलपत्रको माध्यमबाट बस्तु र सेवा खरिदको लागि सूचना लगायतका कार्य दोस्रो त्रैमासिकभित्र गरी सक्नेगरी आवश्यक व्यवस्था मिलाइने बताइएको छ ।

    यस्तै विगतमा बोलपत्र प्रक्रियामा रहेका आयोजनाहरु तथा निर्माण कार्य सुरु भइसकेका आयोजनाहरुको लागि बजेट सुनिश्चितता गरिएको छ । आर्थिक वर्ष २०८१/०८२को लागि महानगरपालिकाको विनियोजन विधेयक सभामा छुट्टै प्रस्तुत गरिएको छ ।

    आगामी वर्षका लागि विनियोजित बजेटमध्ये स्रोत व्यवस्थापनतर्फ संघीय सरकारबाट १ अर्ब ३२ करोड ८० लाख र बागमती प्रदेश सरकारबाट २२ करोड ९२ लाख ९२ हजार रुपैयाँ प्राप्त गर्नेछ । आन्तरिक स्रोतको रुपमा रहेको आन्तरिक आय (आन्तरिक राजस्व, मालपोत रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर) आदी बाट ३ अर्ब ५५ करोड ९६ लाख संकलन हुने महानगरको अनुमान छ । जसमध्ये विकास निर्माणमा जनसहभागिता बापत ८ करोड ५० लाख बराबरको रकम प्राप्त हुने अपेक्षा गरिएको छ ।

    अन्तर सरकारी अख्तियारीबाट ८० करोड ६५ लाख प्राप्त हुने अपेक्षा गरिएको छ । विनियोजन बजेटको लागि नपुग हुने १ अर्ब ५४ करोड ४५ लाख नगद मौज्दातबाट व्यहोरिनेछ । करको दायरा वृद्धिका लागि विगतदेखि नै परिचालन गरिएको कर सचेतना कार्यक्रमलाई निरन्तरता दिई राजश्व अभिवृद्धि गरिने, करका दायरा वृद्धिका लागि अन्य वैकल्पिक उपायहरु र रणनीति समेत अवलम्बन गरिने लगायत नीति महानगरले लिएको छ ।

    यस वर्ष नगरवासीको चाहना अनुसार र नक्सा प्रशासनलाई व्यवस्थित गर्न भवन अभिलेखीकरणको कार्य गरिने, भवन अभिलेखीकरण लगायत राजस्वका नयाँ र थप स्रोतहरूबाट १ अर्बभन्दा बढी आन्तरिक राजश्व थप हुने गरी बजेट प्रस्ताव गरिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend