काठमाडौँ । आईसिसी टी–२० विश्वकप क्रिकेटको सुपर ८ अन्तर्गतको अन्तिम खेलमा अफगानिस्तानले रोमाञ्चक जित हात पारेको छ।
बंगलादेशलाई ८ रनले हराउँदै अफगानिस्तान सेमिफाइनलको यात्रा तय गर्न सफल भएको हो ।
वर्षाले प्रभावित खेलमा डीएसएल नियमअनुसार अफगानिस्तानले बंगलादेशलाई जितका लागि १९ ओभरमा १ सय १४ रनको लक्ष्य दिएको थियो ।
त्यसलाई पछ्याएको बंगलादेश १ सय ५ रन बनाएर १७.५ ओभरमा अलआउट भयो ।
अफगानिस्तानको यो जितसँगै अस्ट्रेलिया भने प्रतियोगिताबाट बाहिरिएको छ।