logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • मधेसमा बढ्दै गएको दाइजो प्रथा हटाउन सांसद यादवको माग

    मधेसमा बढ्दै गएको दाइजो प्रथा हटाउन सांसद यादवको माग

    329
    Shares
    मधेसमा बढ्दै गएको दाइजो प्रथा हटाउन सांसद यादवको माग

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद मिना यादवले मधेसमा बढ्दै गएको दाइजो प्रथा हटाउन सरकारसँग माग गरेकी छन् ।

    मंगलवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद यादवले यस्तो माग गरेकी हुन् । उनले मधेसका महिलाहरु शिक्षामा धेरै पछाडि परेकाले सरकारले तत्काल दाइजो प्रथा हटाउनु पर्ने माग गरिन् ।

    उनले भनिन्,‘मधेसको महिलाहरु शिक्षामा धेरै पछाडि परेको छ । त्यस कारण दाइजो प्रथा हटाउन सरकारलाई मेरो अनुरोध छ ।’

    उनले मधेसका महिलाहरु शिक्षामा पछाडि परेको कारण दाइजो प्रथा कायम रहेको भन्दै सरकारले दाइजो प्रथा हटाउन पहल गर्न आवश्यक रहेको बताइन् ।

     

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend