logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • मोरङमा खोलाले बगाएका ५ मध्ये १ को शव फेला, १ को जिवितै उद्धार

    मोरङमा खोलाले बगाएका ५ मध्ये १ को शव फेला, १ को जिवितै उद्धार

    672
    Shares
    मोरङमा खोलाले बगाएका ५ मध्ये १ को शव फेला, १ को जिवितै उद्धार

    काठमाडौँ । मोरङको सुन्दरहरैचा र केराबारीमा आज पाँच जनालाई खोलाले बगाएको छ ।

    खोलाले बगाएका मध्ये एक जनाको शव फेला परेको भने तीन जना बेपत्ता भएका तथा एक जनाको सकुसल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र बस्नेतले सुनौलो नेपाललाई जानकारी दिए ।

    उनका अनुसार मोरङको केराबारी गाउँपालिका–४ याङ्शीलाका ११ वर्षीय श्याम राईलाई स्कुल जाने क्रममा गोविने खोलाले बगाएको थियो । यसैगरी सुन्दरहरैचा–५ की २२ वर्षीय स्वस्तिका चौधरी, सोही ठाउँकी ६० वर्षीय असरादेवी चौधरी, ३० वर्षीय फुला चौधरी, २२ वर्षीय प्रेमकला चौधरीलाई गौशला नजिकै बुढीखोलामा माछा मार्ने क्रममा दिउँसो करिब १२ बजे एक्कासी आएको बाढीले बगाएको हो ।

    बाढीले बगाएकामध्ये २२ वर्षीय स्वस्तिका चौधरीको स्थानीयले उद्धार गरेका र प्रेमकला चौधरीको बुढीखोलाको पश्चिम किनारमा खण्ड सुनसरी ४ मा शव फेला परेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । उनका अनुसार असरादेवी, फुला चौधरी बेपत्ता रहेका र उनीहरुको खोजी भइरहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend