logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • १३ करोड ७३ लाख ठगीको आरोपमा व्यवसायी नरेन्द्र बज्राचार्यसहित ६ जना पक्राउ

    १३ करोड ७३ लाख ठगीको आरोपमा व्यवसायी नरेन्द्र बज्राचार्यसहित ६ जना पक्राउ

    581
    Shares
    १३ करोड ७३ लाख  ठगीको आरोपमा व्यवसायी नरेन्द्र बज्राचार्यसहित ६ जना पक्राउ

    काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले कलंकी टेड्र सेन्टरका व्यापारिक ईकाई (सटर) हरुको स्वामित्व हस्तान्तरण गर्ने भनि विश्वास दिलाई ठगी गरेको अभियोगमा ६ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

    पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२२ न्युरोड कम्प्लेक्समा रहेको कलंकी डेभलपर्स र मिला ल्याण्ड डेभलपमेन्ट प्रालिका सञ्चालक समितिका अध्यक्ष ६८ वर्षीय नरेन्द्र बज्राचार्य, काठमाडौँ महानगरपालिका–१६ बस्ने ५१ वर्षीय राजु महर्जन, ललितपुर महानगरपालिका–१० कुपण्डोल बस्ने ६२ वर्षीय राजेशकृष्ण श्रेष्ठ, पाल्पा तानासेन नगरपालिका– ६ घर भई हाल काठमाडौँ–१३ बस्ने ५३ वर्षीय निरञ्जनकुमार श्रेष्ठ रहेका छन् ।

    यसैगरी कास्की रुपा गाउँपालिका– ७ घर भई हाल काठमाडौँ– १५ बस्ने ५९ वर्षीय चिरञ्जिवी पौडेल तथा स्याङ्जा वालिङ नगरपालिका– ११ घर भई हाल काठमाडौँ टोखा नगरपालिका–७ बस्ने ६१ वर्षीय शान्तीरमण पङ्गेनी रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहर उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

    उनका अनुसार डा. विमला भण्डारीबाट १३ करोड ७३ लाख ५२ हजार २५६ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले कलंकी डेभलपर्स र मिला ल्याण्ड डेभलपमेन्ट प्रालिका सञ्चालक समितिका अध्यक्ष नरेन्द्र बज्राचार्यसहितका ६ जनालाई पक्राउ गरेको हो ।

    कलंकी ट्रेड सेन्टरका ब्यापारिक सटरहरुको स्वामित्व हस्तान्तरण गर्ने विश्वास दिलाएर रकम लिई ठगी भएको भन्दै डा. विमला भण्डारीले जाहेरी दिएपछि जिल्ला अदालत काठमाडौँले महर्जनसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
    पक्राउ परेकाहरु माथी काठमाडौँ जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिई जिल्ला प्रहरी परिसर, काठमाडौँबाट थप अनुसन्धान कार्य भईरहेको प्रवक्ता अधिकारीले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend