logo

२०८१ असार १५ शनिबार

logo
  • शनिबार, १५ असार २०८१
  • कोशी सरकारविरुद्ध दायर गरेको रिट खारेज, मुख्यमन्त्रीमा कार्कीले निरन्तरता पाउने

    कोशी सरकारविरुद्ध दायर गरेको रिट खारेज, मुख्यमन्त्रीमा कार्कीले निरन्तरता पाउने

    162
    Shares
    कोशी सरकारविरुद्ध दायर गरेको रिट खारेज, मुख्यमन्त्रीमा कार्कीले निरन्तरता पाउने

    काठमाडौँ । सर्वोच्च अदालतले कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारविरुद्ध दायर गरेको रिट खारेज गरेको छ ।

    सर्वोच्चले रिट खारेज गरेसँगै कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीले निरन्तरता पाउने भएका छन् । आफूलाई पदमुक्त गरी नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने प्रदेश प्रमुख परशुराम खापुङको निर्णयविरुद्ध दिएको रिट सर्वोच्च अदालतले खारेज गरेको हो ।

    मंगलबार न्यायाधीशहरु कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासले रिट खारेज हुने फैसला गरेको हो । कार्कीले गएको जेठ २५ गते मुख्यमन्त्री नियुक्त भएका हिक्मत कार्कीविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।

    केदार कार्कीले आफू संविधानको धारा १६८ को उपधारा ५ अनुसारको अन्तिम विकल्पको सरकार भएकाले हटाउन नमिल्ने जिकीर गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend