logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • कुनै समूह विशेषको प्रभावमा परेर भन्सार महशुल निर्धारण गरेको प्रमाण पेश गरे सामना गर्न तयार छु : अर्थमन्त्री पुन

    कुनै समूह विशेषको प्रभावमा परेर भन्सार महशुल निर्धारण गरेको प्रमाण पेश गरे सामना गर्न तयार छु : अर्थमन्त्री पुन

    623
    Shares
    कुनै समूह विशेषको प्रभावमा परेर भन्सार महशुल निर्धारण गरेको प्रमाण पेश गरे सामना गर्न तयार छु : अर्थमन्त्री पुन

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले कुनै समूह विशेषको प्रभावमा परेर भन्सार महशुल निर्धारण गरिएको प्रमाण सांसद वा बाहिर अन्य निकायमा सांसदहरुले पेश गरे सामना गर्न तयार रहेको बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा भन्सार ऐनका विषयमा सांसदहरुले गरेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्रीले यस्तो बताएका हुन् ।

    उनले आफूले आर्थिक विधेयकमा कुनैपनि व्यवसायी समूहको प्रभाव र दबाबमा निर्धारण नगरेको स्पष्टिकरण दिए । उनले सांसदहरुले त्यस्तो प्रमाण संसद वा अन्य निकायमा पेश गरे सामान गर्न तयार रहेको भन्दै प्रमाण विनाका आरोपलाई रोष्टमबाट नै खारेज गर्ने बताए । उनले तयारी सामानहरुलाई महँगो भन्सार शुल्क र कच्चा पदार्थहरुलाई सस्तो बनायने सरकारको स्पष्ट नीति रहेको उल्लेख गरे ।

    उनले यस्तो नीतिले मुलुकभित्रको आन्तरिक उत्पादन बढ्ने भएकाले भन्सारतिर धेरै चिन्ता लिनुपर्ने अवस्था नपर्ने बताए । उनले आन्तरिक उत्पादन र बिक्रीवितरणतिर आउने अन्तःशुल्कहरु र मूल्य अभिवृद्धिकरबाट मुलुकको राजश्व मुख्य रुपमा सञ्चालन हुने र राजश्व प्रणालीमा जाने विश्वास सरकारको रहेको भन्दै त्यही अनुसारका भन्सार नीति बनाएको बताए ।

    उनले एसेम्बल उद्योगहरुको हकमा भन्सार महशुल छुट दीर्घकालिन रुपमा मुलुकमा उत्पादनको प्रवद्र्धन हुने अपेक्षाले दिइरहेको बताए । उनले मुलुकको अर्थतन्त्र भन्सारमा आधारितमा केही सत्यता भएपनि मुलुक पछिल्लो समय बिस्तारै आफ्नै उत्पादनमा आधारित हुँदै गएको दाबी गरे । उनले आगामी आर्थिक वर्षमा समग्र अर्थतन्त्रको अवस्थामा सन्तुलित बजेट आकारमा ल्याएकाले राजश्व संकलनको लक्ष्यमा पूरा हुने दाबी गरे ।

    उनले भने, ‘भन्सार महशुलमा सरकारले जे सिद्धान्त लिएको छ । जसमा तयारी सामानहरुलाई महँगो भन्सार शुल्क र कच्चा पदार्थहरुलाई सस्तो गर्ने स्पष्ट नीति छ । जसले मुलुकभित्रको आन्तरिक उत्पादन बढेर जान्छ । जसमा हामी भन्सारतिर धेरै चिन्ता लिनुपर्दैन । आन्तरिक उत्पादन र बिक्रिवितरणतिर आउने अन्तःशुल्कहरु र मूल्य अभिवृद्धिकरबाट मुलुकको राजश्व मुख्य रुपमा सञ्चालन हुने र राजश्व प्रणालीमा जाने हाम्रो विश्वास हो । त्यही अनुसारका भन्सार नीतिहरु छन् ।

    एसेम्बल उद्योगहरुको हकमा बाहिरबाट पार्टपुर्जा ल्याउने र नेपालमा गाडी तथा मोटर साइकलहरु जोड्ने र भ्यालु एड वा मूल्य अभिवृद्धि नहुने तर भन्सार महशुल शुल्क कम गरे भन्सार चुहावट भयो भन्ने चर्चा भयो । यसमा धेरै भन्सार गुमेको छ तर दीर्घकालिन रुपमा मुलुकमा उत्पादनको प्रवद्र्धन हुने अपेक्षाले छुट दिइरहेका छौं । यसले मुलुकमा औधोकिकरण हुन्छ भन्ने कुरा विश्वास दिलाउन चाहन्छु । मुलुकको अर्थतन्त्र भन्सारमा आधारितमा केही सत्यता भएपनि मुलुक बिस्तारै आफ्नै उत्पादनमा आधारित हुँदै गएका छौँ । सरकारले कुनै समूह विशेषलाई हिजो वा आज त्यसको प्रभावमा परेर भन्सार महशुल निर्धारण गरियो भन्ने कुरा सोझै खारेज गर्छु ।

    यदि माननियसँग प्रमाण र त्यस्तो लाग्छ भने सांसद वा बाहिर अन्य निकायमा पेश गरे सामना गर्न तयार छु । आगामी आर्थिक वर्षमा समग्र अर्थतन्त्रको अवस्थामा सन्तुलित बजेट आकारमा ल्याएकाले राजश्व संकलनको लक्ष्यमा पुग्छौं । चालु आर्थिक वर्षको जस्तो ४१ प्रतिशतको राजश्व संकलन गर्ने महत्वकांक्षा र अस्वभाविक राखेका छैनौं । लक्ष्य पूरा गर्छौं । भन्सारलाई फेस,कन्ट्याक,पेपर लेस बनाई प्रविधिमैत्री बनाउँदै पारदर्शी बनाउने विषयमा स्पष्ट छ ।’

    उनले चालु आर्थिक वर्षको जस्तो ४१ प्रतिशतको राजश्व संकलन गर्ने अस्वभाविक महत्वकांक्षा नराखेकाले आगामी वर्ष राजश्वको लक्ष्य पूरा हुने बताए । उनले भन्सारलाई फेस,कन्ट्याक,पेपर लेस बनाई प्रविधिमैत्री बनाउँदै पारदर्शी बनाउने विषयमा सरकार स्पष्ट नीति लिएर अघि बढेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend