logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • कुवेत सरकारले नेपालबाट थप २ लाख कामदार लैजाने विषयमा छलफल भयो : परराष्ट्रमन्त्री श्रेष्ठ

    कुवेत सरकारले नेपालबाट थप २ लाख कामदार लैजाने विषयमा छलफल भयो : परराष्ट्रमन्त्री श्रेष्ठ

    1.1K
    Shares
    कुवेत सरकारले नेपालबाट थप २ लाख कामदार लैजाने विषयमा छलफल भयो : परराष्ट्रमन्त्री श्रेष्ठ

    काठमाडाैं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले कुवेतले नेपालबाट थप दुई लाख कामदार लैजाने विषयमा छलफल भएको बताएका छन् । मंगलबार एशिया कोअप्रेसन डायलग (एसीडी)को इरानको तेहरानमा भएको १९ औँ विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी भएर स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

    उनले इरानको राजधानी तेहरानमा कुवेतका विदेशमन्त्री अब्दुल्ला अली अल–याह्याले थप दुई लाख नेपाली कामदार कुवेत लगिने जानकारी दिएको बताए । उनले कुवेतमा अहिले एक लाख नेपाली रहेको र अब तीन लाख पुर्याउने लक्ष्य कुवेतको रहेको जानकारी दिएको बताए ।

    उनले कुवेतका विदेशमन्त्री अब्दुल्लाले यसैवर्ष काठमाडौंमा कुवेतले दुतावास खोल्ने जानकारी दिएको बताए । उनले भ्रमणको क्रममा इरानका कार्यवाहक परराष्ट्र मन्त्री,म्यानमारका उपप्रधान तथा विदेश मन्त्री, बहराइनका विदेश मन्त्री,कुवेतका विदेश राज्यमन्त्री,साउदी अरेवियाका उपविदेश मन्त्री र रुसका उपविदेश मन्त्रीसँग दुई पक्षीय भेटघाट गरी दुई पक्षबीच सहकार्य र हितका विषयमा समेत छलफल भएको बताए ।

    उनले रुसको उपविदेश मन्त्रीसँगको भेटमा रुसी सेनामा भएका नेपाली सैनिकहरु नेपालमा फिर्ता गर्ने सम्बन्धमा पनि छलफल भएको बताए । उनले नेपाली नागरिक फिर्ता पठाउने विषयमा सहमत भएपनि कार्यविधि बनाउन बाँकी रहेको जानकारी दिएको उल्लेख गरे ।

    उनले भने, ‘भ्रमणको क्रममा इरानका कार्यवाहक परराष्ट्रमन्त्री, म्यानमारका उपप्रधान तथा विदेश मन्त्री, बहराइनका विदेशमन्त्री, कुवेतका विदेश राज्यमन्त्री,साउदी अरेवियाका उपविदेश मन्त्री र रुसका उपविदेश मन्त्रीसँग दुई पक्षीय भेटघाट गरी दुई पक्षबीच सहकार्य र हितका विषयमा समेत छलफल भएको छ । रुसको उपविदेश मन्त्रीसँगको भेटमा रुसी सेनामा भएका नेपाली सैनिकहरु नेपालमा फिर्ता गर्ने सम्बन्धमा भयो ।

    नेपाली नागरिकहरु रुसी सेनामा सहभागि हुँदा युक्रेन युद्धमा जीवन गुमेको र घाईते भएको कति नेपालीहरु रुसी सेनामा सहभागि भएको यकिन डाटा नभएको सन्र्दर्भमा नेपाल सरकारले सम्झौता भएका भन्दा बाहेकका देशहरुको सेनामा भर्ती भएर सेवा गर्ने अनुमति दिएको छैन । सेना फिर्ता गराउने कुरामा सहमति जनाउनुभएको छ तर मोडालिटीको बारेमा काम गर्न बाँकी रहेको भन्नुभएको छ । सात जनाको क्षेतीपूर्तिको व्यवस्था गर्ने प्रक्रिया अघि बढेको छ । कुवेतमा १ लाख नेपाली श्रमिक रहेकोमा अब ३ लाख पुर्याउने सहमति भएको छ । यही वर्ष काठमाडौंमा कुवेतले राजदुतावास खोल्ने जानकारी गराउनुभएको छ ।’

    उनले नेपाली नागरिकहरु रुसी सेनामा सहभागि हुँदा युक्रेन युद्धमा जीवन गुमेको र घाईते भएको कति नेपालीहरु रुसी सेनामा सहभागि भएको भन्ने यकिन तथ्यांक नभएको बताए । उनले युक्रेन युद्धमा रुसी सेनामा भर्ती भएर ज्यान गुमाएका सात जना नेपालीको क्षतिपूर्तिको व्यवस्था गर्ने प्रक्रिया अघि बढेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend