मंगलबार, चैत्र १९ २०८१

मंगलबार, चैत्र १९ २०८१

कुनैपनि दातृ निकायको सहयोग लिनु नपर्ने गरी स्वास्थ्य मन्त्रालय चलाउँछु : मन्त्री यादव

कुनैपनि दातृ निकायको सहयोग लिनु नपर्ने गरी स्वास्थ्य मन्त्रालय चलाउँछु : मन्त्री यादव

वन तथा वातावरणमन्त्री प्रदीप यादव सोमबार दक्षिण एसिया देशहरुमा रहेका नदी तथा समुन्द्रलाई प्लास्टिक प्रदूषण मूक्त बनाउन दक्षिण एसिया सहकारी वातावरण कार्यक्रम (सासोप) ले आयोजना गरेको सरोकारवाला परामर्शदाता तथा निकायहरुको सहभागितामा देश विशेष वृहत् कार्यशाला कार्यक्रममा धारणा राख्नुहुँदै । तस्बिर सौजन्य ः वन तथा वातावरणमन्त्रीको निजी सचिवालय÷रासस÷रासस

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले कुनैपनि दातृ निकायको सहयोग लिनु नपर्ने गरी स्वास्थ्य मन्त्रालयलाई आत्मनिर्भर बनाउने बताएका छन् । बुधबार लागुऔषध ओसारपसार बिद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले विदेशी दिन्छन् र काम गर्छु भन्ने आशमा स्वास्थ्य मन्त्रालय नबस्ने भन्दै मन्त्रालयलाई आफूले आजैबाट आत्मनिर्भर बन्ने कार्यविधि बनाउन निर्देशन दिने बताए । उनले नेपालमा बसेर नेपालकै बिरोध गर्ने र लगानी गरेन भन्नेजस्ता आरोप नलगाउन विभिन्न संघसंस्थाहरुलाई आग्रह गरे । उनले एन्जिओ, आइएन्जिओको सहयोग नेपालमा रहेको र सरकारले स्वागत पनि गरिरहेको भन्दै नेपाल सरकारले केही गरेन भन्ने जस्ता अभिव्यक्ति नदिन चेतावनी दिए ।

उनले कसैको सहयोगको आश गर्न नपर्ने गरी मन्त्रालयको कार्यविधि बनाइ लागू गर्न मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन समेत दिए ।

उनले भने, ‘एउटा कुरा के बुझ्नुपर्छ भने तपाईं हामी नेपाली नागरिक हौँ । नेपालमा बसेर विदेशीको धेरै गुणगान नगरे पनि हुन्छ । निश्चित रुपमा विभिन्न एन्जिओ, आइएन्जिओको सहयोग छ नेपालमा । हामी स्वागत गर्दछौँ । त्यसको लागि राज्यले व्यवस्था गरेको छ । अधिकार दिएको छ । राज्यले अधिकार दिँदैन भने कसैले पनि केही काम गर्न सक्दैन । यो बुझ्नुपर्छ । अर्को कुरा के बुझ्नुपर्छ भने स्वास्थ्य मन्त्रालयको मैले जिम्मेवारी पाएको छु । कोही अस्पतालले भन्छ, यो मेरो व्यक्तिगत हो । सबै बेड, सबै अस्पताल सरकारको हो । सरकारको स्वामित्वको हो ।

मनमा यो कुरा नराख्नुस् तपाईं र हामी नेपालको यसमा लगानी छैन । उहाँले वाचन गर्दा तीन कुरा मैले समातेँ । यसमा कसैलेको लगानी छैन, हामी यसै गरिरहका छौँ । पछि भन्दै जाँदा के भन्नुहुन्छ, दातृ संस्थाको लगानी छ । एकातिर स्वीकार गर्नुहुन्छ । दातृ संस्थाको लगानी हामी स्वीकार गर्छौं स्वागत गरेका छाैँ । तर नेपालको लगानी छैन, नेपाल सरकारको लगानी छैन, नेपाल सरकारकै मञ्चमा बसेर नेपाल सरकारलाई गाली गर्ने भाषा बन्द गर्नुहोला ।

स्वास्थ्य मन्त्रालयले हामीलाई हाइजेक गरिरहेको छ । केको हाइजेक ? स्वास्थ्य मन्त्रालयले काम गर्दैन । सरकारले आफ्नो कामम गर्दैन, कि सबै विदेशीलाई छोडिदिने सबै ? कुनै पनि दातृ संस्थाको सहयोग लिनु नपर्ने स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालय, शिक्षा मन्त्रालय युवा मन्त्रालय मिलेर नेपालका जे समस्या छन्, समाधान गर्दछौँ । नेपाल सरकारलाई च्यालेन्ज नगर्नुस्, नुन रोटी खान्छ, तर जनताको सेवा गर्दछ । आज नै म मन्त्रालयमा निर्देशन दिन्छु की कसैको सहयोगको आशामा गर्न नपरोस् भनेर कार्यविधि बनाउन निर्देशन दिन्छु । कसैको आश गर्न नपरोस् भन्ने गरी काम गर्नेछौँ ।’

मन्त्री यादवले लागुऔषध दुव्र्यसनीबाट आफ्ना नागरिकलाई बचाउन सरकार एकवद्ध भएर लाग्ने बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend