logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • मन्त्रीहरुले सिंहदरबाट निर्देशन दिने होइन, कार्यस्थल पुगेर गुनासो सुन्नुपर्छ : श्रममन्त्री अर्याल

    मन्त्रीहरुले सिंहदरबाट निर्देशन दिने होइन, कार्यस्थल पुगेर गुनासो सुन्नुपर्छ : श्रममन्त्री अर्याल

    371
    Shares
    मन्त्रीहरुले सिंहदरबाट निर्देशन दिने होइन, कार्यस्थल पुगेर गुनासो सुन्नुपर्छ : श्रममन्त्री अर्याल

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कर्मचारीमा उत्साह जगाउन कार्यस्थलमा गएर गुनासो सुन्न आवश्यक रहेको बताएका छन् । बुधबार ताहचलस्थित श्रम विभागमा विभागबाट भइरहेका काम र कर्मचारीको अवस्थाको अनुगमनका क्रममा मन्त्री अर्यालले यस्तो बताएका हुन् ।

    उनले मन्त्रीहरुले मन्त्रालयमा बसेर निर्देशन दिने भन्दा पनि कार्यस्थलको अध्ययन र अनुगमन गरी कर्मचारीहरुलार्ई उत्साह जगाउन आवश्यक रहेको बताए । उनले एक घण्टामा श्रम स्वीकृत गर्ने काम कार्यान्वयनमा ल्याएपछि विभागले सेवा ग्राहीलाई कसरी सेवा दिइरहेको विषयमा अनुगमन गर्न कार्यस्थलमा गएको बताए । उनले एक घण्टामा श्रम स्वीकृत अनलाइनमार्फत हुने व्यवस्थाले श्रम विभागमा श्रम स्वीकृतिको लागि आउनेहरु मानिसहरु कमी देखिएको बताए ।

    उनले भने,‘एक घण्टामा श्रम स्वीकृत गर्ने काम धेरै मेहनतपछि कार्यान्वयनमा ल्याएका छौं । त्यसको प्रभाकारी कार्यान्वयन भएको छ की छैन भन्ने अनुगमन थियो । श्रम विभागमा श्रम स्वीकृतिको लागि आउनेहरु कमी देखिएको छ । श्रम स्वीकृत भएको विभागको ठाउँ व्यवस्थित भएको छ । कर्मचारीहरुले अत्यन्तै शान्त रुपमा काम गर्नु भएको छ ।

    श्रम विभागबाट हुने सेवामा सुधार भएको छ । त्यसले गर्दा सेवाग्राही विभागमा आइरहनु परेन । ठगिनु भएन । मन्त्रीले मन्त्रालयमा बसेर निर्देशन र आदेश मात्रै दिने होइन । कार्यस्थलमा कर्मचारीहरुको अवस्था र उहाँहरुलाई उत्साह जगाउन जरुरी छ ।’

    उनले श्रम विभागबाट हुने सेवामा सुधार भएसँगै सेवाग्राही विभागमा धाउनुपर्ने अवस्थाको अन्त्य भएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend