logo

२०८१ असार १५ शनिबार

logo
  • शनिबार, १५ असार २०८१
  • लागुऔषध दुर्व्यसनीको विकराल अवस्थालाई रोक्न सबै एक हुनुपर्छ : मन्त्री श्रेष्ठ

    लागुऔषध दुर्व्यसनीको विकराल अवस्थालाई रोक्न सबै एक हुनुपर्छ : मन्त्री श्रेष्ठ

    90
    Shares
    लागुऔषध दुर्व्यसनीको विकराल अवस्थालाई रोक्न सबै एक हुनुपर्छ : मन्त्री श्रेष्ठ

    काठमाडौँ । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले लागुऔषध दुर्व्यसनीको विकराल अवस्थालाई रोक्न सबै एक हुनुपर्ने बताएका छन् । बुधवार लागुऔषध ओसारपसार बिरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले लागुऔषध दुर्व्यसनी न्यूनीकरण र रोकथामका विषयहरूमा सरकार, राजनीतिक दल, सम्बन्धित संघ संसथा, समाज एक हुनुपर्ने बताए । लागुऔषध दुर्व्यसनी नेपालमा विकराल भएको भन्दै उनले अहिले मसिना कुरामा राजनीति गरेर अड्केर बस्ने समय नरहेको बताए । उनले सीमा क्षेत्रमा मात्र नभई जुम्ला लगायतका हिमाली जिल्लाहरूमा समेत लागुऔषधको दुर्व्यसनी विकराल बनेको बताए ।

    मन्त्री श्रेष्ठले लागुऔषध दुर्व्यसनी राष्ट्रिय रोग बनेको भन्दै सबै मिलेर लड्न आवश्यक रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend