logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • मदन भण्डारी राष्ट्रिय पुरस्कार पाँचथरको कञ्चनजङ्गा चिया बगान केन्द्रलाई

    मदन भण्डारी राष्ट्रिय पुरस्कार पाँचथरको कञ्चनजङ्गा चिया बगान केन्द्रलाई

    525
    Shares
    मदन भण्डारी राष्ट्रिय पुरस्कार पाँचथरको कञ्चनजङ्गा चिया बगान केन्द्रलाई

    काठमाडौँ । मदन भण्डारी फाउण्डेशनले २०८० सालको मदन भण्डारी राष्ट्रिय पुरस्कार पाँचथरको कञ्चनजङ्गा चिया बगान तथा अनुसन्धान केन्द्रलाई प्रदान गर्ने घोषणा गरेको छ ।

    फाउण्डेशनले ७३औँ मदनजयन्तीको पूर्वसन्ध्यामा आज यहाँ आयोजित पत्रकार सम्मेलन गरेर केन्द्रलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । केन्द्रले स्थानीय कच्चापदार्थको प्रयोगका आधारमा रोजगारी सिर्जना गरी आयात तथा निर्यात प्रवद्र्धन गरी राष्ट्रिय अर्थतन्त्रलाई टेवा दिएकाले रु एक लाख राशिको पुरस्कार दिने निर्णय गरेको हो ।

    केन्द्रले ९५ हेक्टर जमिनमा छ लाखभन्दा बढी चियाका बिरुवाको आयुर्वेदिक–जैविक खेती गरी वार्षिक सय टनभन्दा बढी चिया निर्यात गरी चार करोड रुपैयाँभन्दा बढी कारोबार गरेको फाउण्डेशनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले जानकारी दिए ।

    उनले राष्ट्रिय उद्यमशीलतालाई प्रवद्र्धन गर्ने क्षेत्रलाई चयन गरिएको बताए । पुरस्कारका लागि सिफारिस गर्न डा रामशरण प्याकुरेलका संयोजकत्वमा सरकारी र निजी क्षेत्रका प्रतिनिधि रहेको समिति गठन गरिएको थियो ।

    यही असार १४ गते जननेता मदन भण्डारीको जन्मजयन्तीका दिन पुरस्कार प्रदान गरिनेछ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend