logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • लक्ष्मी सनराइज बैंकद्वारा ललितपुरको नखिपोटबाट सेवा सुरु

    लक्ष्मी सनराइज बैंकद्वारा ललितपुरको नखिपोटबाट सेवा सुरु

    427
    Shares
    लक्ष्मी सनराइज बैंकद्वारा ललितपुरको नखिपोटबाट सेवा सुरु

    काठमाडौं । लक्ष्मी सनराइज बैंकले ललितपुरको नखिपोटस्थित विशाल चोकबाट सेवा दिन सुरु गरेको छ ।

    काठमाडौं महानगरपालिका-२२ स्थित न्युरोडमा रहेका २ शाखामध्ये एउटा शाखा ललितपुर महानगरपालिका-१४ स्थित नखिपोटको विशाल चोकमा स्थानान्तरण गरी आफ्ना ग्राहकलाई सेवा दिन सुरु गरेको हो ।

    न्युरोड शाखाका ग्राहकले भने सोही ठाउँमा रहेको अर्को शाखा मार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीलाई सबै प्रकारका रिटेल बैँकिङ सेवाहरु प्रदान गर्ने बैंकको भनाइ छ ।

    हाल लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५४ शाखा, ३१६ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैंकिङ एजेन्ट रहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend