बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

शेयर बजार घट्याे, ४ अर्ब ५ करोड बढीको कारोबार

शेयर बजार घट्याे, ४ अर्ब ५ करोड बढीको कारोबार

काठमाडौँ । आज शेयर बजार दोहोरो अकंले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.६० अकंले घटेर २०६०.१६ बिन्दुमा बन्द भएको छ ।

आज ४७ कम्पनीको मूल्य बढेको छ भने १९४ कम्पनीको घटेको छ ।

बुधबार ३०५ कम्पनीको ८७ लाख २७ हजार १६४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५ करोड ८० लाख ४७ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

नेपाल फाइनान्सको १६ करोड ४६ लाख रुपैयाँ, गुडबिल फाइनान्सको १५ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

बुधबार १० उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूह ०.६५ प्रतिशत, विकास बैंक समूहको १.०३ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.२९ प्रतिशत, हाइड्रोपावर समूहको ०.५८ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.९१ प्रतिशतले घटेको हो ।

आज नेपाल फाइनान्सका लगानीकर्ताले ९ दशलमव ५५ प्रतिशतका दरले कमाएका छन् । शिभ श्री हाइड्रोपावरका लगानकिर्ताले ७ दशलमव २६ प्रतिशत र गणपति लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७ दशलमव १३ प्रतिशतका दरले कमाएका छन् ।

साधना लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६ दशलमव ३८ प्रतिशतका दरले गुमाएका छन् ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend