logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • छानबिन समितिद्वारा गोर्खा मिडियामा प्रवाह भएको रकमको विवरण माग

    छानबिन समितिद्वारा गोर्खा मिडियामा प्रवाह भएको रकमको विवरण माग

    448
    Shares
    छानबिन समितिद्वारा गोर्खा मिडियामा प्रवाह भएको रकमको विवरण माग

    काठमाडौं । सहकारीको रकम अपचलन र हिनामिनाबारे छानबिन गर्न गठित विशेष छानबिन समितिले रकम प्रवाह गर्ने सहकारीको विवरण माग गरेको छ । समितिले विभिन्न सहकारीमार्फत गोर्खा मिडियामा प्रवाह भएको रकमको विवरण झिकाउने निर्णय गरेको छ ।

    बुधबार बसेको समितिको बैठकले छानबिनका लागि तोकिएका अनुसूची २ का ९ वटा सहकारीको विवरण माग गरेको हाे । समिति बैठकले विभिन्न सहकारीमार्फत गोरखा मिडिया नेटवर्कमा प्रवाह भएको रकमको कागजात मगाउने निर्णय गरेको समिति संयोजक सूर्य थापाले जानकारी दिए ।

    ती सहकारीहरुको साधारण सभाको प्रतिवेदन विवरण, लेखा परीक्षण प्रतिवेदन, सञ्चालक समितिको विवरण, लेखा सुपरिवेक्षण र अन्य आवश्यक बित्तिय बिबरणका साथै बिभिन्न सहकारीमार्फत गोर्खा मिडियामा प्रवाह भएको रकमको स्थीति समेत ६ वटा बुँदामा कागजात माग गर्ने निर्णय भएको थापाले बताए ।

    गोर्खा मिडियामा बिभिन्न सहकारीबाट प्रवाह भएको रकममा समितिको चासो केन्द्रित रहेको उनले बताए ।

    सभापति थापाले सहकारी छानबिनमा समग्ररुपमा अध्ययन गरिरहेको भन्दै निष्पक्ष रुपमा छानबिन हुने दाबी गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend