logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • ट्राफिक प्रहरीको हत्यामा संलग्न आरोपमा पक्राउ परेका ७ मध्ये ५ जना थुनामा

    ट्राफिक प्रहरीको हत्यामा संलग्न आरोपमा पक्राउ परेका ७ मध्ये ५ जना थुनामा

    889
    Shares
    ट्राफिक प्रहरीको हत्यामा संलग्न आरोपमा पक्राउ परेका ७ मध्ये ५ जना थुनामा

    काठमाडौँ । प्रहरी वृत्त दरबारमार्गमा कार्यरत खोटाङको मझुवागढी घर भएका ३२ वर्षीय ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका ७ जना मध्ये ५ जनालाई थुनामा पठाईएको छ ।

    ट्राफिक प्रहरी घिमिरेको हत्या आरोपमा कर्तव्य ज्यानको कसुरमा मुद्दा चलाइएका ७ जना मध्ये ५ जनालाई कारागार पठाइएको छभने एक जनाको उमेर १६ वर्षभन्दा कम रहेकाले परिवारको जिम्मा लगाउन तथा १७ वर्ष मात्रै भएकी अर्की एक किशोरीलाई भने बाल सुधार गृहमा पठाउन काठमाडौँ जिल्ला अदालतले आदेश जारी गरेको जिल्ला प्रहरी जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले सुनौलो नेपाललाई जानकारी दिए ।

    उनका अनुसार उक्त हत्या आरोपमा भक्तपुरको चाँगुनारायण–१ घर भएका २१ वर्षीय आइते भनिने सचिन परियार, स्याङ्जाको आँधीखोला गाउँपालिका–३ बिजारी चौतारी घर भएकी ५६ वर्षीया नुनमाया कार्की, उनकी छोरी २१ वर्षीया बिपना र बसन्ती भनिने बसुन्धरा कार्की, नुवाकोटको तादी गाउँपालिका–४ ओखरे घर भएका २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाचोकको इन्द्रावती गाउँपालिका–१ घर भएका ३० वर्षीय दोर्जे भनिने अमृत तामाङ पक्राउ परेका थिए ।

    ट्राफिक प्रहरी घिमिरेको शव काठमाडौँ तारकेश्वर नगरपालिका–९ मनमैजु बासुकी नाग टोलस्थित जोनस भनिने दामोदर खत्रीको निर्माणाधीन घरको नजिक भेटिएको थियो ।

    निर्माणाधीन दुई तले घरमा हत्या गरी घर बाहिर शव फालेर कालो म्याट्रेसले छोपिएको थियो ।मदिरा पिउँदा विवाद सुरु भएपछि ट्राफिक प्रहरी जवान घिमिरेको हत्या गरिएकोे थियो ।

    यो पनि पठ्नुस्…

    ट्राफिक प्रहरी जवान घिमिरेको हत्यामा संलग्न ७ जना सार्वजनिक, किन गरे हत्या ?

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend