logo

२०८१ असार १५ शनिबार

logo
  • शनिबार, १५ असार २०८१
  • ‘लोकतन्त्र बलियो बनाउन सञ्चार क्षेत्र महत्वपूर्ण’

    ‘लोकतन्त्र बलियो बनाउन सञ्चार क्षेत्र महत्वपूर्ण’

    102
    Shares
    ‘लोकतन्त्र बलियो बनाउन सञ्चार क्षेत्र महत्वपूर्ण’

    मकवानपुर । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले लोकतन्त्रलाई बलियो बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहने बताएका छन् ।

    सरकारका प्रवक्तासमेत रहेका उनले हेटौँडामा आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशले आयोजना गरेको सेवा प्रवाह तथा सुशासनसम्बन्धी अन्तरक्रियामा पत्रकारिता लोकतन्त्रको आधारभूत तत्व भएको बताए ।

    पत्रकारिताले सत्यतथ्य सूचना सम्प्रेषण गरी लोकतन्त्रलाई बलियो बनाउन सहयोग पुर्याएको उल्लेख गर्दै उनले सञ्चार क्षेत्र जिम्मेवार, जवाफदेही र मर्यादित हुनुपर्नेमा जोड दिए । सञ्चार क्षेत्रले सार्वजनिक सेवा प्रवाह तथा सुशासनको विषयलाई प्रभावकारी बनाउन र नागरिकमाझ पुर्याउन खेलिरहेको भूमिकालाई अझै प्रभावकारी बनाउनुपर्ने उनको भनाई छ ।

    “सञ्चार क्षेत्र र लोकतन्त्र एकअर्काका परिपूरक हुन्, लोकतन्त्र बलियो बनाउन सञ्चार क्षेत्रको भूमिका भएजस्तै लोकतन्त्र बलियो भयो भने मात्रै सञ्चार क्षेत्र पनि सबल हुन्छ”, उनले भने ।

    कार्यक्रममा मन्त्रालयको कानुन महाशाखा प्रमुख मनुका घिमिरेले सेवा प्रवाह तथा सुशासनबारे सहभागीलाई सहजीकरण गरेका थिए । पत्रकार सुरेश श्रेष्ठले सेवा प्रवाह र सुशासनमा सञ्चारकर्मीको भूमिका विषयमा सहजीकरण गरेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend