logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • लामखुट्टे नष्ट गर्ने अभियान अन्तरगत क्लोरिन पाउडर छरिँदै

    लामखुट्टे नष्ट गर्ने अभियान अन्तरगत क्लोरिन पाउडर छरिँदै

    532
    Shares
    लामखुट्टे नष्ट गर्ने अभियान अन्तरगत क्लोरिन पाउडर छरिँदै

    काठमाडौँ। काठमाडौँमा केही दिनयतादेखि लामखुट्टे नष्ट गर्ने अभियान सुरु गरिएको छ । काठमाडौँ महानगरपालिकाले लामखुट्टे नष्ट गर्ने अभियान अन्तरगत क्लोरिन पाउडर छरिरहेको छ ।

    यसैसिलसिलामा महानगरपालिकाको वडा नं १० कार्यालयले लामखुट्टे नष्ट गर्न भन्दै सडक छेउछाउमा क्लोरिन पाउडर छर्न थालेको छ । २० जना स्वास्थ्य स्वयंसेविकाको टोलीले तीन दिनदेखि १० नम्बर वडाका विभिन्न स्थानमा क्लोरिन पाउडर छरिरहेको छ ।

    यसैगरी उक्त वडा कार्यालयको अबका ७ दिनसम्म वडाभित्रका सडक छेउछाउ, गल्ली र घाँस पलाएको ठाउँमा क्लोरिन पाउडर छर्ने कार्यक्रम रहेको जनाइएको छ । लामखुट्टेका बासस्थान हुने क्षेत्र र पानी जम्ने स्थानमा पनि पाउडर छर्किने कार्यक्रम रहेको बताइएको छ ।

    गर्मी र वर्षासँगै बढेको लामखुट्टेका कारण डेंगु फैलिन सक्ने जोखिम भएको भन्दै वडा कार्यालयले पाउडर छर्न थालेको हो । बुधबार नयाँ बानेश्वर, बुद्धनगर, शंखमुल क्षेत्रमा क्लोरिन छरिएको थियो ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend