logo

२०८१ असार १६ आइतबार

logo
  • आइतबार, १६ असार २०८१
  • असारे विकास गर्ने प्रवृत्तिको अन्त्य होस् : सांसद पौडेल

    असारे विकास गर्ने प्रवृत्तिको अन्त्य होस् : सांसद पौडेल

    87
    Shares
    असारे विकास गर्ने प्रवृत्तिको अन्त्य होस् : सांसद पौडेल

    काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले आर्थिक वर्षको अन्तिम असारमा मात्रै विकास निर्माणको काम गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पौडेलले आर्थिक वर्ष सकिने बेलामा असार महिनामा मात्रै विकास निर्माणको काम सम्पन्न गर्ने प्रवृत्ति रहेको बताएका हुन् ।

    उनले अघिपछि बिस्तारै काम गर्ने र आर्थिक वर्ष सकिने बेलामा बिल फस्र्यौटका लागि छिटोछिटो काम सम्पन्न गर्ने गरिएको भन्दै त्यस प्रकारको प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए । उनले यस्तो प्रवृत्ति अन्त्यका लागि सम्बन्धित मन्त्रालयहरुलाई ध्यानाकर्षण गराए । सांसद पौडेलले विपद् पूर्वतयारीमा सरकारको काम अपूर्ण रहेको भन्दै स्रोत, साधन र जनशक्तिको पर्याप्त व्यवस्थासहितको तयारी गर्न आग्रह गरे । उनले राजनीतिक दलका कार्याकर्ताहरुलाई पनि विपद् व्यवस्थापनमा परिचालन गर्नुपर्ने बर्ता ।

    उनले भने– ‘असारे विकासको चर्चा दिनहुँ चल्ने गर्छ । अहिले बजेट पास हुने र अर्को सालको असारमा काम गर्ने र निर्माणका कामहरु, निर्माण व्यवसायीले पैसा नपाएको गुनासो गर्दै हिड्ने र सम्बन्धित शीर्षकमा विनियोजन भएको बजेटको राम्रो भएपनि नराम्रो भएपनि छिटोभन्दा छिटो काम सम्पादन गरेर बिल फछ्र्यौट गर्नुपर्ने यो प्रणालीको अन्त्य गर्नको निम्ति सम्बन्धित मन्त्रालयको विशेष ध्यानाकर्षण गराउन चाहन्छु । बजेट कार्यान्वयन गर्न सम्बन्धित निकायले लिङगरिङ गर्नुहुँदैन ।

    बाढी पहिरोले ठूलो जनधनको क्षति गरिरहेको छ । सरकारको तयारी अपूर्ण छ । पार्टीको कार्यकर्ताहरुलाई पनि तत्काल सम्बन्धित पार्टीहरुले निर्देशन दिनुपर्छ ।’

    सांसद पौडेलले गृह मन्त्रालयले घटना हुनासाथ तत्काल उद्धार गर्न सकिने व्यवस्था गर्नुपर्ने बताए । उनले दुध र उखु किसानहरुको पैसा तत्काल भुक्तानी गर्न पनि सरकारलाई आग्रह गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend