logo

२०८१ असार १५ शनिबार

logo
  • शनिबार, १५ असार २०८१
  • स्वास्थ्य संस्थाहरुलाई शान्ति क्षेत्र घोषणा गर्न सांसद कार्कीको माग

    स्वास्थ्य संस्थाहरुलाई शान्ति क्षेत्र घोषणा गर्न सांसद कार्कीको माग

    132
    Shares
    स्वास्थ्य संस्थाहरुलाई शान्ति क्षेत्र घोषणा गर्न सांसद कार्कीको माग

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकि सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य संस्थाहरुलाई शान्ति क्षेत्र घोषणा गर्न माग गरेकी छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद कार्कीले स्वास्थ्य संस्थाहरुलाई शान्ति क्षेत्र घोषणा गर्न माग गरेकी हुन् ।

    उनले विभिन्न समयमा स्वास्थ्यकर्मीहरुमाथि धाक, धम्की तथा आक्रमण हुने गरेको भन्दै स्वास्थ्यकर्मीहरु माथिको त्यस्तो व्यवहार अन्त्य हुनुपर्ने बताइन् । उनले स्वास्थ्यकर्मीहरु माथि आक्रमण गर्नेलाई हिरासतमा लिएर अनुसन्धान शुरु गर्नुपर्ने बताइन् ।

    उनले भनिन्– ‘स्वास्थ्य संस्थाहरुलाई शान्ति क्षेत्र घोषणा गरेर स्वास्थ्यकर्मीहरुलाई निर्धक्क भएर बिरामीको उपचारमा काम गर्ने बातावरण बनाइयोस् । कापिँरहेको हातले उपचार गर्न सक्दैनँ । डराएको मस्तिष्कले उपचार गर्न सक्दैन । जसरी सुरक्षाकर्मीहरुमाथि हातपात गर्दाखेरी त्यो कसुर गर्ने व्यक्तिलाई पहिले हिरासतमा लगिन्छ, त्यसपछि अनुसन्धानको प्रक्रिया सुरु हुन्छ । त्यसरी नै स्वास्थ्यकर्मी भनेका राष्ट्रका सेवक हुन् । उपचार गर्ने व्यक्ति हुन् । उनीहरुलाई हातपात गर्नेलाई पनि पहिला हिरासतमा लग्नुपर्छ र अनुसन्धानको प्रक्रिया शुरु गर्नुपर्छ ।’

    त्यस्तै प्रतिनिधि सभाको विशेष समयमै बोल्दै नेकपा (एमाले) का सांसद अच्युतप्रसाद मैनालीले देशभरका २५९ पालिकाहरुमा प्रमुख प्रकाशकिय अधिकृत नखटिँदा त्यहाँको सेवा प्रवाहमा समस्या भइरहेको बताए । उनले कनिष्ठ कर्मचारीलाई निमित्त दिएर पठाउँदा स्थानीय सरकारमा बेथिति भइरहेको बताए ।

    उनले स्थानीय सरकारहरु आर्थिक अनुशासनमा बस्न नसकेका बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend