बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

विनियोजन विधेयक, २०८१ राष्ट्रिय सभामा पस्तुत

विनियोजन विधेयक, २०८१ राष्ट्रिय सभामा पस्तुत

काठमाडाैं । राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८१ पस्तुत भएको छ । राष्ट्रिय सभाको बिहीबारको बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक , २०८१ सभा समक्ष प्रस्तुत गरेका हुन् ।

उनले आर्थिक वर्ष २०८१/०८२ को सेवा र कार्यको लागि संघीय सञ्चित कोषबाट रकम खर्च गर्ने सम्बन्धी अधिकार दिन र सो रकमको विनियोजन गर्न वाञ्छनीय भएकाले प्रश्तुत विधेयक पेश गर्नुपरेको बताए । उनले विधेयकले संघीय सञ्चित कोषबाट खर्च गर्ने अधिकार र विभिन्न निकायले गर्ने सेवा तथा कार्यहरुको निमित्त विनियोजन गर्नसक्ने व्यवस्था गरेको उल्लेख गरे ।

उनले भने, ‘आर्थिक वर्ष २०८१/०८२ को सेवा र कार्यको लागि संघीय सञ्चित कोषबाट रकम खर्च गर्ने सम्बन्धी अधिकार दिन र सो रकमको विनियोजन गर्न वाञ्छनीय भएकाले प्रश्तुत विधेयक पेश गर्नुपरेको हो । पस्तुत विधेयकले संघीय सञ्चित कोषबाट खर्च गर्ने अधिकार र विभिन्न निकायले गर्ने सेवा तथा कार्यहरुको निमित्त विनियोजन गर्नसक्ने व्यवस्था गरेको छ ।

राष्ट्रिय सभा नियमावली २०७५ को नियम १३३ (क) को उपनियम २ बमोजिम विनियोजन विधेयक, २०८१ लाई यस सम्मानित सभा समक्ष प्रश्तुत गर्दछु ।’

राष्ट्रिय सभाको अर्को बैठक आजै १५ मिनेट बस्नेगरी स्थगित भएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend