logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • गौतमबुद्ध क्रिकेट रंगशाला बनाउने जिम्मा हिमालयन कालिञ्चोक बीबीआरले पायो, ६८ करोडमा लाग्यो ठेक्का

    गौतमबुद्ध क्रिकेट रंगशाला बनाउने जिम्मा हिमालयन कालिञ्चोक बीबीआरले पायो, ६८ करोडमा लाग्यो ठेक्का

    1.9K
    Shares
    गौतमबुद्ध क्रिकेट रंगशाला बनाउने जिम्मा हिमालयन कालिञ्चोक बीबीआरले पायो, ६८ करोडमा लाग्यो ठेक्का

    काठमाडौँ । निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि हिमालयन कालिञ्चोक बीबीआर जेभीले ठेक्का पाएको छ ।

    चितवनको भरतपुरमा रहेको रंगशाला निर्माणका लागि हिमालयन कालिञ्चोक बीबीआर जेभी छनोट भएको हो ।

    भरतपुर महानगरपालिकाले आज हिमालयन कालिञ्चोक बीबीआर जेभी कम्पनीको नाममा सात दिने आसयपत्र जारी गरेको छ ।

    सात दिन भित्र कुनै उजुरबाजुर नभए हिमालयन कालिञ्चोक बीबीआर जेभीसँग निर्माणका लागि सम्झौता हुने छ ।

    भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन रंगशाला करिब तीन वर्षदेखि अलपत्र अवस्थामा रहेको थियो ।

    रंगशाला निर्माणको नेतृत्व लिएको धुर्मुस सुन्तली फाउन्डेसनले बीचमा नै काम अलपत्र छाडेपछि भरतपुर महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरेको थियो ।

    त्यसपछि बागमती प्रदेश सरकाले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशतको साझेदारीमा रंगशाला निर्माण गर्ने सहमति भएको थियो ।

    सम्झौता भएको दिनदेखि २६ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । निर्माण लागत भ्याट र पीएस बाहेक ६८ करोड २ लाख ६४ हजार २ सय ७ रुपैयाँ ८४ पैसा छ ।

    रंगशालाको थप पूर्वाधार निर्माणका लागि दोस्रोपटक आह्वान गरिएको टेण्डरमा १२ कम्पनीहरूले टेण्डर हालेका थिए ।

    तीमध्येबाट टेण्डर हालेको हिमालयन कालिन्चोक बीबीआर जेभीको नाममा आसयपत्र जारी भएको हो ।

    रंगशालाको पहिलो चरणमा १० हजार जना क्षमताको स्टयाण्ड, मैदानको सम्पूर्ण काम, पेभेलियनसहित दुईवटा टावर बिल्डिङ निर्माण हुनेछ।

    कम्पनीले साढै दुईमा निर्माण कार्य सम्पन्न गर्नुपर्नेछ। पहिलो चरणको काम पूरा भएपछि दोस्रो चरणको निर्माण सुरु हुने छ ।

    यो पनि :

    गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका लागि एक दर्जन कम्पनीको प्रस्ताव, कस्ले पाउला ठेक्का ?

    १ अर्ब २७ करोडमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन टेण्डर आह्वान

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend