सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

टर्कीमा जनवरी-मे महिनामा लगभग ७० लाख विदेशी पर्यटक भित्रिए

टर्कीमा जनवरी-मे महिनामा लगभग ७० लाख विदेशी पर्यटक भित्रिए

एजेन्सी । यस वर्षको पहिलो पाँच महिनामा टर्कीको इस्तानबुलमा झन्डै ७० लाख विदेशी पर्यटक भित्रिएका छन् । जसले विदेशी आगमनको नयाँ रेकर्ड कायम गरेको छ । संस्कृति तथा पर्यटन मन्त्रालयले दिएको तथ्याङ्कले इस्तानबुलमा विदेशी आगन्तुकहरूको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.३१ प्रतिशतले बढेको छ ।

महानगरले मे महिनामा मात्र १७.७ मिलियन विदेशी यात्रुलाई स्वागत गरेको छ । जुन गत वर्षको तुलनामा ११.४८ प्रतिशतले बढेको छ र यो महिनाकै सबैभन्दा उच्च संख्या हो । मेमा इस्तानबुलमा सबैभन्दा धेरै आगन्तुकहरू रूसबाट आएका थिए ।

त्यसपछि जर्मनी, संयुक्त राज्य अमेरिका र इरानबाट आउका थिए । टर्किएले यो वर्ष ६० मिलियन विदेशी पर्यटक र ६० अर्ब अमेरिकी डलर पर्यटन राजस्व ल्याउने लक्ष्य राखेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend