logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • कालापानीमा नेपाल भारत सीमा बिबादको यस्तो छ नालीवेली

    कालापानीमा नेपाल भारत सीमा बिबादको यस्तो छ नालीवेली

    2.7K
    Shares

    लामो समयदेखी र्दाचुलाको कालपानी, लिपुलेक र लिम्पियाधुरा सिमा बिबाद लामो समयदेखि भारतसंग थाती छ । यो समाधानको कुनै गुञ्जायस देखिएको जस्तो छैन । भारतको उत्तराञ्चलको पिथौरागढको र्धाचुला र नेपालको र्दाचुलाको ब्यस गाउँपालिका को कालापानी , गुञ्जी , नाभी र लिपुलेकको सीमा समस्या लगाएत नेपाल भारत बिचका रहेका सबै समस्या हलगर्ने गरी दुई देशीय परराष्ट्र सचिबहरुमा जिम्मा दिएको थियो तर अहिलेसम्म काम नै शुरु भएन ।

    अर्को नेपाल र भारतका बिचका रहेका बिभिन्न समस्यहरुको समाधान गर्न सुझाव दिन दुबै तर्फको तीन तीन जना बिदेश कुटनैतिक क्षेत्रका बिज्ञ रहेको प्रबुद्ध समुह मोदीको नेपाल आगमनको समयमा गठन गरियो । त्यो समुहले प्रतिबेदन तयार पनि गरिसकेको छ । जसलाई भारत सरकार त्यो प्रतिबेदन बुझ्न मानिरहेको छैन । हाल समुहमा रहेका प्रमुख ब्यक्त्ति भारततर्फका नेता कस्यारी गभर्नर भएका छन। भने नेपाल तर्फका भेष बहादुर बाहेक निलाम्बर भारतकै लागि नेपाली राजदुत र डा राजन भट्टराइ प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार छन ।

    यो सबै हेर्दा उच्च प्रोफाइलका ब्यक्त्ति देखिएपनि उनीहरुबाट तयार पारिएको प्रतिबेदन बुझन के कुराले समस्या परेको बहिर आएको छैन र त्यो प्रतिबेदन दुबै तर्फबाट सहमत भइ तयार परिएको हो । अब हामी सो सीमाको समस्यको शुरु काँहाबाट वा सृनजा कसरी भयो भनेर खोज्दै जाँदा १८१४ ई.संको नेपाल इस्ट इण्डिया कंपनिको बिच भएको युद्ध र त्यो युद्धमा नेपाल पराजय पछि नेपाल बाध्यभएर त्यो अपमानजनक सन्धी गर्न मज्बुर भयो । तब नेपालले बिजेतित भूमिको ठुलो क्षेत्रफल गुमाएर थियो । तर पराजयले गर्दा त्यो सन्धीको गर्न बाध्य परो ।

    सोही सन्धीको धारा ५मा माहाकालीलाई सीमा नदी हो र नदीको उद्धगम स्थल वा मुहान लिम्पियाधुरा भएको ब्यहोर उल्लेख छ । जबकी त्यो समयमा पनि भारत इस्ट इण्डिया कंपनीको उपनिबेश थियो । त्यो सन्धीले नेपालको सीमाना पूर्बमा मेची र पश्चिममा काली नदी (माहाकाली) भनिएको छ । त्यो क्षेत्रबाट भारतिय हिन्दु र बौद्ध तिर्थयत्रीहरु धार्चुलाबाट त्यही बाटो भएर ऐतिहासि समय देखि मानोसरोबर जनेगरेका थए । सन १९५०मा भारत स्वतन्त्र पछि दुबैको बिचमाशान्ति र मेत्री सन्धी गरियो । त्यस सन्धीले नेपाल भारत बिच भएका त्यो भन्दा अघिगरिएका सबै सन्धी खारेज गरेको भनिएको छ । त्यसो हो भने नेपालको दाबापूर्बमा तिष्टा ,पश्चिममा काँगडार दक्षिणमा सतजल थियो भन्न मिल्छ नै यस्को उत्तर आबस्यक पर्ला कि ? भारत स्वतन्त्र भएपछि भारतसंग अन्य सीमा संझौता भएको देखिन्न । नेपाल भारत बिचको सीमा नक्सा १६१६,१८२७,१८५६ ई.सं सम्मका सबैमा काली नदीको मुहान वा उत्पति लिम्पियाधुरा भएको नदी भनिएकोलेनेपाल र भारत को पश्चिमी सीमा माहाकाली नदी भएको पुष्टि हुन्छ । पछि अल्मोडाकाप्रशाषक प्रमुखद्धारा जारी गरेको राजपत्रमा नेपालको राजाले काली नदी तरेर पश्चिम तर्फ जान नपाइने भनेर किटान गरिएको प्रकाशनले अझ प्रष्ट परेको छ । तर १८७९ बृटिश भारतबाट जारी नक्शामा लिम्पिाधुरा समेटिएको थिएन ।

    १८१६ पछि बृटिश इण्डियले जारी गरेका नक्शा १८२०, १८२७,१८५६ ई.सं सबैमा नेपाल भारतको सीमा काल् िददी र उत्पति लिप्लेकबाट भएका भनिएका छन । कालापानी, गुञ्जी, नाभी र लिपुलेक सबै नेपालीहरु द्धारा भोग चलन गरियको थियो । बृटिश इण्डियाका बेलामा मानसरोबर जाने तिर्थयात्रीहरुमा त्यही बाटो भएर जान कुनै बन्देज थिएन र आज संम पनि छैन । यस्तै नेपाली तिर्थयात्रीलाई पनि भारतका कुनैपनि हिन्दु धार्मिक स्थलमा जान कुनै अनुमती चहिदैन । जसरी नेपालको भारत संग १८०० किलो मिटर भन्दालामो सीमा जोडिएको छ । ति सीमामा कहिपनि नेपाली या भातियलाई स्वतन्त्रपूर्बक घुमफिर ,संपति आर्जन र उपभोग समेत स्वतन्त्र छ वा कुनै सीम देखिदैन । त्यस्तै अबस्था त्यो क्षेत्रमा थियो । तर सन १८७९ पछि बृटिश इण्डियका पालाबाटै त्यहाका सीमा नक्शामा परिर्बतनको संकेत खिएका छन ।नेपालमाभने जनसंख्यको गणना १९६८ बि.सबाट शुरु हुदै २०११ र ०१८ सम्मको जनगणना नेपालबाट भएको देखिन्छ । २०११ सालको जिल्ला पेफाइलको नक्शामा नेलको नक्शा लिम्पिया धुरा बाट निस्केको काली नदी भनेर प्रकाशित भएको छ । २०१५ सालको आम निर्बचन त्यहाका बासिन्दाले नेपालको संसदको निर्बचनमा मतदान दिएका र २०१८ सालमा त्यहाको सर्बे गरेका र गराउने ब्यक्त्ति भैरब रिसाल अहिले हुनु भएकालेसो भूभाग नेपालको भएकै हो भन्नु भएकै छ ।

    नाभी ,कुटी र कालपालीका बासिन्दाले २०३० बि.सं तिर सम्म तिरो(भूमिकर) नेपालमानै बुझाएको रसिद समेत मालपोत कार्यलाबाट उतारेर २०३२ बि.सं केन्द्रमा पटएको भन्ने आधार छ भनिन्छ । नेपाल र चिन संगको सीमा बि.सं २०१५मा टुग्याउदाको अबसरमा ति क्षेत्र नेपालकै भएको उल्लेख गरिएको चिनमा भएका नक्शामा देखिन्छ । हाल देखाइएको भरतिय नक्शामा काली नदी ३ ओटा काली नदी देखिएका छन पहिलो लिम्पिय धुराबाट निस्किएको , अर्को लिपुलेक बाट निस्केको खहरे र तेस्रो भरतिय सेना २०६२ ई.सं.बाट बस्न थालेपछि कालपानी पूर्ब तर्फ सानो कृतिम खोला बनाएर सीमा त्यही कुलोलाई कालीलदी भनिएको अबस्था छ । त्यहि कृतिम खोलाको पश्चिममा भरतिय सीमा रक्षक सैनिक क्यम्प रखिएको छ र त्यहिबाट हालै भारत सरकारले पिथौरगढ देखि मानसरोबर सम्मको सडक निर्मण गरेर उद्धघाटन समेत भयो । भरतले आफ्नो भनिएको नेपालको भूभागको क्षेत्रफल ३३५ बर्ग किलोमिटर जती होला । यो क्षेत्रको बरेमा आजसम्मको ऐतिहासिक पृष्ठभूमि समक्षेपमा तल राखियोको छ ।

    अब भरतबाट अतिक्रमित भूभागको कथा १६१४ ई.सं देखि १६१६मा सन्धी आदान प्रदान पछि आज संम भारतियले गरिएका चाल रोचक छन । सुगोली सन्धीले नेपालको सीमा पूर्ब र पश्चिममा नदीका सीमा कायम गर्दा लिम्पियाधुराबाट उद्धगम भएको काली नदी सन्धीको धारा ५छ । यो नदीको सीमाना १८५६ ई..संसम्म यथाबत थियो । त्यस पछिका नक्शामा क्रमशःपूर्ब तर्फ सारिने प्रकृया भएको देखिन्छ । २००८ बि.सं.मा मातृका प्रधान मन्त्री हुदा नेपालका उत्तरका १८ नाकामा भारतिय सैनिक चकपोष्ट राख्न दिइयो । भारतिय सेना त पहिला के.आइ.सिंह को बिद्रोह दबाउन भैरव सम्म आयो । अर्को भिदत्तको किसान बिद्रोह दमनमा भारतिय सेनाको आमन्त्रण गरिएर दमन भएको थियो । २००९ बि.संकाठमाण्डुमा बिमानस्थल बनाउन अएको भारतिय सेना भारतमा फर्केर गएनन् । १९६१ ई.सं मा भारत चिन सीमामा युद्ध चल्यो र यो युद्ध सकिएपछि भारतिय सेना कालापानीमा आएर स्थाई क्यम्प बनाएर बस्यो । २०२७ बि.संमा नेपालको उत्तर तिर रहेका १८ मध्य १७भारतिय सैनिक क्याम्प हटाइयो । तर कालापानीको सैन्यक्यम्प हटाइएन । त्यो क्यम्पलाई त्यही स्थाई रुपमा निरन्तर रखेका छन । कालपानीको बिबाद नेपाली जनताले माहाकाली सन्धीकाबेला प्रकट भयो । तत्कालिन प्रधानमन्त्री गिरिजा कोइरालाले टनकपुर संझौता गरेर समजादरी भनेर ढाटेपछि सहमती कि संझोता बिबादमा नेपालको सर्बोउच्चअदालतले सन्धी भन्यो र तत्कालिन सरकार बाध्यभएर सन्धी संसदमा प्रस्तुत गरेर पास गराउन बाध्य भयो । टनकपुरको सन्धी संसदमा मतदानमा जाँदा तत्कालिन एमाले बिभाजन भयो ।

    महाकालीको खोजपूर्ण नालिबेली तत्कालिन एमालेका नेता प्रमसिंह धामीद्धारा बाहिर ल्यउनु भएको थियो । त्यो सन्धीको पक्षमा रहनुहुने नेताहरुले माहाकली सन्धीबाट १२० अरब रकम बर्षनी नेपाललाई निरन्तर अउने छ भनेर बताएका थिए । तर आज सम्म त्यो आर्जन नेपालले पाएका थाहा पइएन । तर आज सााच्चै आज त्यो भूभाग नेपालकै रहेछ । यो बिषय अब नेपालका सबै राजनीतिक पार्टीहरु नेपाल कम्युनिष्ट पार्टीका (ने.क.पा). नेताहरु मात्र नभएर नेपाली कागे्रशलगाएत अन्य दलको पनि नेपाली भूभाग मिचिएको हो भन्नेमा एकमत देखिएका छन ।जुन बिषयमा पहिला भारतले मिचेको भन्दा नेताहरु नाक खुम्च्यउदथे अहिले उहाहरुनै सहमत हुनुभयो । यो अभूतपूर्ब नेपालम जनता एकता हुदा पनि भारतिय शाषक भने यो नेपालीको मुद्दामा सकेसम्म टाल्न चाहन्छन ।यो बिषय नेपाल भारतको बिचबाट गठित प्रबुद्ध समुहको प्रतिबेदन तयार भएको लामो समयसम्म भारतले लिन नमानेका कारण बाट झन स्पष्ट भएनर ? २०७२ मा हालको संबिधान निर्माणको शबालमा भारतको असन्तुष्टिले नेपालमा ६ महिना सम्म आर्थिक नाकाबन्दी नेपाली सहन पारियो ।

    भारतले थोपारेको नकाबन्द मात्र हैन मोदीले भारतिय मुन्द्रालाई नोट बन्दीले गर्दा अरबो नेपालीका रकम समाप्त परि दियो । यि घटनाले नेपालीमाभारतको सरकारलाई मित्र भन्नसक्ने अबस्थामा रहेनन् । तर भूगोल फेर्न नसकिने हुदा छिमेकी फेरिन सकिदैन त्यकारण दुबैले बिचको शदियौ को भातृत्वलाई इतिहास देखिका सच्याइलाई आत्मसाथ गरि मिलेर बस्न बाध्य छौ । तर आत्मसाथको अर्थ सक्नेले जे पनि गर्दा सहने भन्ने हैन । बरु ऐतिहासिक तथ्यका आधारमा सीमाको सहजिकारण गरेर समाधान गरि धार्मिक ,संस्कृतिक अपसी भाईचरा सृजना गरेर रहने बातबरण बनाउनु पर्छ । २०१५ ई.सं मा भरतका प्रधानमन्त्री चिनको राजकिय भ्रमणमा जाँदा कालापानीलाई दुई देशको ट्राञ्जिट बिन्दु मान्ने संझौता पछि नेपालीबाट चिन प्रतिपनि संसय र अबिश्वस जन्मेको छ । तेस्रो देशको सार्बभोमशत्ता सीमा भित्र छिमेकी चिन र भारतले नेपालको बिना समलग्नता बेगर दुबैको सहमती भएर आर्काको जमिनमा बाटो निर्माण पाइने भनेको जानी जानी बलमिच्याइ भएको हैन ? संभौताका समयमा नै नेपालले बिरोध जनाएपनि दुबैबाट जबाफ आएन र त्यसको कुनै रेस्पोन्स भएन । यो ब्यबाहारले गर्दा भारतको हेपाहा ब्यबाहार थियो पछि चिनपनि यसमा सामेल छ कि भन्ने शंका लिनपर्ने भयो ।

    नेपाल आजसम्म कसैको औपनिबेश भएन हालका संसारका ठुला र शक्त्तिसाली मुलुक देशसमेत औपिनिबेसिक सिकञ्जामा कसिएको अबस्थामा दक्षिण एसियमा सबै देश नेपाल बाहेकका सबै जसोदेश बृटिश शाम्राज्यको अधिनमा थिए । भारत सहित दक्षिण एसियका देशहरु उपनिबेसमा थिए । स्वतन्त्र नेपाल भएर पनि बृटिश इण्डियाको बफादारी गर्नपर्ने भएर जङ्गबाहादुरलेलखनौको सिपाई बिद्रोहको दमन गर्न लखनौमा नेपाली सेना पठायो । नेपाली सेनाद्धारा बिद्रोह दमन गरेर बफादारी गरेबापत नेपालका पश्चिमी तराईका ४ जिल्ला फिर्ता ल्यएका थिए । तर पनि त्यो बेलमा माहाकाली पूर्बका भूभाग एथाबत रहे । यो सीमानामा अतिक्रमित गर्नमा चिन फ््यक्टरको पनि भूमिका छ कि भन्ने लागेको छ । तर चिनका राजदुतले नेपाललाई २००५ ई.स ंमे ११मा पठाएको पत्रमा लिपुलेक र कालापानी नेपालको भएको ब्यहोरा उल्लेख छ । हाल नेपाल भारतको सीमा बिबादमा चिनी सरकार पनि मतियारहो भन्ने देखएकोछबर्तमान समयका समसायिक गतिबिधीले जो उल्लेख गरिएको छ । नेहरु सिद्धान्तमा हिन्द चिनी भाई भाई नारा लागाएर हिमालको उत्तरी र हिमालको दक्षिणी क्षेत्र सीमना कायम गरेर त्तिबब्तलाईचिनी र हिमालय दक्षिणमा भारतियलाई हेर्न दिने (सिक्किम, भुटान र नेपालको मामला) भन्ने भनाई साँच्चै जस्तो लाग्न थालो । नेपालको कालपानिका बरेमा दुई देशीय नेपालको भूमिमा संझौता हुदा सहमत र नेपालको मामलामा मौन बसेको जस्तो देखिन्छ । यि दई शक्त्ति बिचमा त कुटेजस्तो गर म रोए जस्तो गर्छु भन्ने उखाल चरितार्थ भएको छ । यो बरेमा केहि तथ्यले ति बिषयमा पुष्टि गर्दछन ।

    सन् १९५४. २९ अप्रिलमा भारत र चिनले लिपुलेकलाई ब्यपारिक नाका बनाउने सन्धी(एग्रिमेन्ट अन ट्रेड एण्ड इन्टरर्कोस वैथ त्तिबब्त रिजन ) सहमती गरे । उक्त्त सन्धीमा नेपालको लिपुलेक सहित सिक्किमको दार्गा लगाएत पाँच नाकमा कालापनी सम्मिलित थिए । सन १९८८मा भारतिय प्रधानमन्त्री राजिब गान्धीको भ्रमणले पनि त्यस्तै सन्धीले निरन्तर पायो । यसै समयमा भारत र चिनका बिचमा लिपुलेकको बाटो खुला गर्ने सहमती भइसकेको थियो । सन २००५ अर्कोको संझौतबाट लिपुलेक हुदै चिन जाने मार्गले प्राथमिकता पायो । २७ जुन १९९९मा भारतिय बिदेशमन्त्रीजस्बन्त सिंह जाँदा लिपुलेकलाई ब्यपारिक नाका बनाउने संम्झौत भयो । चिनी र भारतिय बिचमा अप्रिल ११ २००५मा च्यङ्क,र पूर्बि क्षेत्र किर्तिक–दामर्यलाई सीमा बिबाद बैठक बिन्दु बनाउने सहमती भयो । सन सेप्टेम्बर २०१४मा चिनिया राष्ट्रपति सि चिनफेङको भारतभ्रमणको बेलामा कैलास मानसरोबर यात्रीको लागि लिपुलेक नाका खोल्न सहमति जनाए संगै सन मे १५.२०१५मा भारतिय प्रधानमन्त्रीको चिनको भ्रमणको बेलामा लिपुलेक–च्यङलाई दुई देशिय ब्यपारिकनाका बनाउने सहमति भयो ।

    अब नेपाल जस्ता साना देशका सार्बभौमशत्तामा ठुलादेशबाट मिचिनेकाम भएको कुरा माथीका केहि दृष्टान्तबाट केहिहद सम्म पुष्टि भएको देखिन्छ । साच्चै नेहरु र चउएनलाइको बेलामा चिनी हिन्दी भाईभाई को नारमा बाङडुङ सम्मेलनले प्रतिपादित पञ्चशिलको सिद्धान्त त नेपालका सन्दर्भमा हात्तिका देखाउन र चपाउने जस्तै त बनेन् ? पञ्चशलिको सिद्धान्त प्रतिपादित गर्ने तर हिमालय बोडर राखेर उत्तर दक्षिण् बिचमा प्रभुत्व कायम गर्ने चाल त थिएन भन्ने प्रश्न उठिरहेको छ ।नेपाल कहिल्ले अर्को देश गुलाम नबनेको हो तथापी सध्ौ ठुला (बिग बर्दर)को हेपाहामा रहेको देखिन्छ ।

    चिन आफ्नो ब्यपार भारत जस्तो बिशाल बजार गुमाउन चाहादैन त्यही कारण हुनसक्छ यो मामलामा भारतको पक्षमा सर्मथन गरेको । किनभने नेपालमा त जम्मा ३ करोड जति जनसंख्या छन भने भारतको १३५ करोड जनसंख्य भएकाले त्यो बजार नगुमाउन नेपालको बिषयमा (साइलेन्स) चुपचाप सर्मथन नहुन सक्ने देखिदैन । माथीका कारणले नेपालको पश्चिमोत्तर सीमामा चिनिय कारण (फ््यक्टर) छ भन्न सक्ने अबस्था देखिन्छ । मैले यो लेख्दालेख्दै नेपालको सरकारले आफ्नो तर्फबाट नेपालको नक्शा २०३० पछि पहिलो पटक पश्चिमोतर कालपानी , लिपुलेक । लिम्पिया धुरा समाबेश नेपालको क्षेत्रफलमा ३३५ बर्गकिलोमिटर थपेर स्वीकृत गरेको छ । यसबाट के देखिन्छ भने लामो समय सन १९५० देखि आजसंमको नेपाली दाबीको नक्शा ल्याएको छ तर भाबी दिनमा देशको भूमि देशमा ल्याउने रणनीति कसरी अगाडी बढछ आझै स्पष्ट भइसकेको छैन । अहिने सम्म अन्तरष्ट्रिय कानूनका ज्ञाता, रजनेतीक ब्यक्त्तित्व, कुटनैतिक अन्य प्रचलका आधरमा यो समस्यालाई समाधानमा ब्यपक जनमत देश भित्र र बहिरी जनतामा प्रचारबाट नेपाल जस्तो सानो मुलुकको सीमा मिच्नेकाम भारतबाट भएको बिषय अबगत गराउदै बिश्व जनमतको सर्मथन लिन तिर लाग्नु पर्यो ।

    अर्को भरतीय जनता त्यहका नेपालका शुबेछुक जनता , बिद्धान , कुटनैतिक र राजनीकि पार्टीहरुमा नेपाल प्रति अन्याय भएको छ भन्ने बोध गराएर उनीहरुबाट उन्कै सरकारमा दबाब दिन लगाउनु सक्नु परो । नेपालले आफ्ना सबै प्रमाण १८१६को धारा ५ सुगौली सन्धी , त्यो समयको नक्शा,सन १८२७, सन १९३२, सन १८५६का सबै नक्शामा सीमा लिम्पियाधुराबाट उत्पति भएको भनेका छन । तर १८७९को प्रकाशित पिुलेक तिर सरेको जस्तो थियो ।नेपालमा बिभिन्न समयमा गरिएका जनगणा बि.सं १९६८ देखि ०११, ०१८ सम्मका जनगणना , २०१५को निर्बचनमा प्रयोग गरिएको मतदाता नामावली , सन १९५५को चिन र नेपाल संग गरिएको सम्झैता गरिदाको त्रिदेशीय सीमा नक्शा लगाएतको आधारमा भारत संग बार्ता प्रयोग नक्शा लगाएत सबैले माहकाली लिम्पिाधारा मुहान भएको नेपाल संग प्रमाण अभाब नभए शक्त्ति र सम्पनताले भरक नपार्न पर्ने र देश धनी र गरिब ,सानो र ठुलो हुन सक्छन पञ्चशीलको आधारमा सबैबरबर हुन्छन । आब नेपाल तयार भएर बर्तामा बस्नु पर्छ । अर्को तर्फ हाम्रो सीमा सम्झौता तत्कालिन बृटिश इण्डिया संग भएकाले मध्यस्थ कर्तामा राख्न परेका अबस्थामा बेलायतलाई लिदा अन्य भन्दा उपयुक्त हुन्छ ।

    चिनलाई बाहेक अन्य बिश्वका राष्ट्रसमेत आफ्नो पक्षमा पर्ने जस्ता कार्य बर्तामा सहयोगी भूमिका हुन्छ । मुख्य भुमिका भारतियजनता हुन्छ जो शदियौ देखिको मित्र हुन(भारतिय जनता)उनीहरुबाटै उनिहरुको सरकारमाथी दबाब बनाउनु बलियो कदम हुन्छ । सन १९६१ देखि बसेको सैनिक क्यम्प हटाउन भारत तयार हुने कुरामा भारतिय केहि कुटनीतिकले अमरउज्यला च्यानलमा दिएको अन्तरर्बाताबाट पनि नेपाललाई सन्तुष्ट गराउन निश्चित समएको लागि लिजमा लिन हुन्छ भनाइ रखेका छन । उहाहरुको आसय कालापानी , लिपुलेक र लिम्पियधुरा नेपालको भन्ने आसय देखिएको थियो । यसबाट हालको बिबादित भनिएको क्षेत्र नेपालको हो भन्ने भारतका केही कुटनीति सहमत देखिन्छन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend