काठमाडौं । आयोजक जर्मनी युरोकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आज बिहान सकिएको प्रिक्वार्टरफाइनलको खेलमा डेनमार्कलाई २–० गोलले हराउँदै जर्मनी क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
जर्मनीका काइ हाभर्ट्ज र जमाल मुयियालले एक–एक गोल गरेका थिए ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ५३औँ मिनेटमा जर्मनीका हाभटर्ले सुरुवाती गोल गरेका थिए ।
यसैगरी ६८औँ मिनेटमा जमालले गोल गर्दै जर्मनीको अग्रतालाई दोब्बर बनाए । त्यसपछि दुवै टोलीबाट थप गोल नहुँदा जर्मनी २–० गोलले विजयी भयो ।
यो जितपछि अब जर्मनीले क्वार्टरफाइनलमा स्पेन र जर्जियाको विजेतासँग खेल्नेछ । पराजित भएको डेनमार्क प्रतियोगिताबाट बाहिरिएको छ ।