logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • संसद बैठकमा सांसदहरु निदाउने गरेको भन्दै उपसभामुख रानाको आपत्ति

    संसद बैठकमा सांसदहरु निदाउने गरेको भन्दै उपसभामुख रानाको आपत्ति

    308
    Shares
    संसद बैठकमा सांसदहरु निदाउने गरेको भन्दै उपसभामुख रानाको आपत्ति

    काठमाडौं । उपसभामुख इन्दिरा रानाले संसद बैठकमा सांसदहरु निदाउने गरेको भन्दै आपत्ति जनाएकी छन् । आईतबार संसद भवनमा ६६ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

    उनले संसद बैठकका बेला सांसदहरु घुर्दै निदाउने गरेको आफूले देखेको बताइन् । उनले संसदमा फोटो खिच्न आफूले नपाउने भएपनि संसद दिवसको अवसरमा आयोजित कार्यक्रममा पनि सांसदहरु निदाएको भन्दै फोटो र भिडियो खिचेर राखेको बताइन् । उनले सुत्ने बेला नभएको भन्दै सभामा सुतेर सपना नदेख्न सांसदहरुलाई सचेत गराइन् । उनले सांसदहरुले नीति निर्माणमा बढी जोड दिएर काम गर्न आवश्यक रहेको बताइन् ।

    उनले भनिन्, ‘संसदमा फोटो खिच्न मिल्दैन, घ्वाँरघ्वाँर सुतिरहेको हुनुहुन्छ मान्यज्युहरु । यहाँ मलाई के भन्न मन लाग्यो भने यहाँ पनि धेरै सुतेको देखेँ । अलिअलि रेकर्ड पनि गरेर राखेको छु मैले । यो सुत्ने तरिकाले चाहीँ हामी सभामा नबसौँ । जाग जाग नेपाली भन्न मन लाग्यो मलाई । सुत्ने बेला भएको छैन, सुतेर सपना नदेख्नुस् । उठेर हेर्नुस् त कति सुन्दर छ ।

    यि अनुहारहरु फेरि एकछिनमा हामी देख्न पाउँदैनौँ । यि आवाजहरु एकछिनमामा हामी सुन्न पाउँदैनौँ । कति बेला हिँड्दा हिँड्दा यि आवाजहरु बन्द हुन्छन् थाहा हुँदैन । हामी लोकतन्त्र र प्रजातन्त्रको कुरा गर्छौं ।’

    उपसभामुख रानाले महिला मन्त्रालयको बजेट एउटा परियोजनाको बराबर नभएको भन्दै दुःख व्यक्त गरिन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend