logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • कमिसनतन्त्र र भ्रष्टाचार संघदेखि प्रदेशसम्मै बढेर गयो : अध्यक्ष यादव

    कमिसनतन्त्र र भ्रष्टाचार संघदेखि प्रदेशसम्मै बढेर गयो : अध्यक्ष यादव

    420
    Shares
    कमिसनतन्त्र र भ्रष्टाचार संघदेखि प्रदेशसम्मै बढेर गयो : अध्यक्ष यादव

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुक जटिल अवस्थामा रहेको बताएका छन् । आईतबार काठमाडौंमा नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले कमिसनतन्त्र र भ्रष्टाचार संघदेखि प्रदेशसम्मै बढेर गएको बताए । उनले लोकतान्त्रिक संस्थाहरु बिस्तारै प्रभावहीन हुँदै गएको बताए । उनले लोकतन्त्र भनेको जनताको शासन रहेको उल्लेख गर्दै दलको शासन दलतन्त्र र नेताको शासन नेतातन्त्र हुँदै स्वेच्छारी तन्त्रमा नेपालको लोकतन्त्र बदलिँदै गएको बताए ।

    उनले नेपालको शिक्षा प्राणली ध्वस्त भएको प्रमाणित भएको बताए । उनले राजनीति बद्नाम भइरहेको बताए । सरकार जनताका समस्या समाधानका लागि भन्नेकुरा हुन छोडिसकेको उनले बताए ।

    उनले भने, ‘अहिले वास्तवमा भन्ने हो भने मुलुक जटिल अवस्थामा छ । जुन अहिले संघीय, लोकतान्त्रिक गणतन्त्र ठूलो दुर्घटनाबाट जोगाएका छौँ । यसमा कमरेड माधवजी र यहाँको पार्टी पछि निर्माण हुँदै गएको हो, त्यो बेलामँ ठूलो योगदान छ । जुन बेला संसदलाई असंवैधानिक तरिकाले दुई दुई पटक भंग गरेर मुलुकलाई स्वेच्छारी शासनतर्फ धकेलिँदै गरिएको थियो । त्यो बेलामा लोकतन्त्र रक्षा गर्न, प्राप्त अधिकार जोगाउन, प्राप्त उपलब्धि संस्थागत गर्न आवश्यक थियो । त्यो आवश्यक परेको बेलामा यहाँहरुले बिद्रोह गर्नुभयो । र आज संघीय गणतन्त्रको रक्षा भयो । यो ऐतिहासिक आवश्यकता थियो ।’

    अध्यक्ष यादवले आज पनि लोकतन्त्र बिस्तारै कमजोर भइरहेको बताए । अहिले लोकतन्त्रको खतरा राजनीतिक दलहरु भित्रबाट नै रहेको बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend