
काठमाडौं । एनआईसी एसिया बैंकले नेपाल, भारत र भुटानमा प्रयोग गर्न सकिने गरी मास्टरकार्ड सेवा सुरु गरेको छ ।बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउन आइतबार पोखरामा आयोजित विशेष कार्यक्रमबीच उक्त कार्ड मास्टरकार्ड सेवाको शुभारम्भ गरेको हो ।
आइतवारदेखि शुभारम्भ गरेको कार्ड डेबिट कार्डको रुपमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ। उक्त कार्डमार्फत ग्राहकले नेपाल, भारत र भुटानबाट एटीएम मेसिन, पीओएस तथा ई–कमर्स भुक्तानी लगायतको सुविधा उपभोग गर्न सक्नेछन्।
बैंकका अनुसार मास्टरकार्डमा अत्याधुनिक सुरक्षा प्रविधि (इएमभी चिप) तथा अत्याधुनिक कन्ट्याक्टलेस प्रविधिको समेत प्रयोग गरिएको छ।आफुलाई ‘डिजिटल फर्स्ट’ बैंकको रुपमा स्थापित गर्न लागिरहेको एनआईसी एसिया बैंक र विश्वविख्यात मास्टरकार्डबीचको यो सहकार्यले नेपालको बैंकिङ क्षेत्रलाई थप उचाइमा पुऱ्याउन योगदान दिने बैंकले विश्वास लिएको छ ।
एनआईसी एसिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखारहित सञ्जाल विस्तार गरेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend