logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • मुलुकको समृद्धि नेताको भाषणबाट होईन निजी क्षेत्रको प्रयासबाट मात्रै हुनक्छ : श्रममन्त्री अर्याल

    मुलुकको समृद्धि नेताको भाषणबाट होईन निजी क्षेत्रको प्रयासबाट मात्रै हुनक्छ : श्रममन्त्री अर्याल

    357
    Shares
    मुलुकको समृद्धि नेताको भाषणबाट होईन निजी क्षेत्रको प्रयासबाट मात्रै हुनक्छ : श्रममन्त्री अर्याल

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले मुलुकको समृद्धि निजी क्षेत्रको प्रयासबाट मात्रै हुनसक्ने दाबी गरेका छन् । सोमबार नेपाल वैदेशीक रोजगार व्यवसायी संघको ३२ औँ स्थापना दिवसका अवसरमा आयोजित ३० औं वार्षिक साधरण सभामा बोल्दै श्रममन्त्री अर्यालले मुलुकको समृद्धि नेताको भाषणबाट नहुने बताएका हुन् ।

    उनले विदेशबाट स्वदेश फर्किएका नेपालीहरुले फेरि विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्न सरकारले आवश्यक काम गर्नुपर्ने बताए । उनले सरकारले वैदेशिक रोजगार व्यवसायलाई मर्यादित र व्यवस्थित गर्न आवश्यक रहेको बताए । उनले वैदेशिक रोजगारीमा लैजाने भनेर ठग्ने र ठगिने दुवै नेपाली नागरिक भएकाले व्यवसायी र सरकार मिलेर ठगी रोक्न आवश्यक रहेको बताए ।

    उनले म्यानपावर व्यवसायीहरुलाई भिजिट भिसामा पठाउने र वैदेशिक रोजगार कार्यालयबाट व्यक्तिगत भनेर श्रमस्वीकृत गर्न म्यानपावर व्यवसयायीको संलग्नतामा भएको पाइएको भन्दै त्यस्तो काम तत्काल बन्द गर्न आग्रह गरे । उनले सबै नेपालीहरुले सम्मानजनक तरिकाबाट व्यवसाय गर्न बाच्नको लागि सहयोगीको भुमिका खेल्ने चाहना भएको भन्दै मेनपावर व्यवसायीसँग दुश्मन कमाउने कुनै रहर नभएको बताए । उनले नेपाली नागरिकलाई विदेशमा गएर कमाउने वातावरण म्याननपावर व्यवसायीहरुले नै बनाउनु भएको भन्दै मेनपावर व्यवसायीहरुप्रति आफ्नो कुनै गुनासो र रिस नभएको बताए ।

    उनले भने,‘ वैदेशिक रोजगारीमा लैजाने भनेर ठग्ने र ठगिने पनि नेपाली नागरिक नै भएकाले व्यवसायी र सरकार मिलेर गठी रोक्ने काम गर्न आग्रह गरेको छु । भिजिट भिसामा गएका नेपालीहरु नेपाली व्यवसायीहरुको संलग्नता देखिन्छ । वैदेशिक रोजगार कार्यालयबाट व्यक्तिगत भनेर श्रमस्वीकृत गर्ने विषयमा मेनपावर व्यवसयायी कै संलग्नतामा व्यक्तिगत बनाइएको छ । तथ्याङ्कले प्रणाणित गरेको छ । भिजिट भिसा र व्यक्तिगत श्रमस्वीकृत व्यवसायीहरुले गराउने काम बन्द गर्नुस् ।

    सबै नेपालीहरुले सम्मानजनक तरिकाबाट व्यवसाय गर्न बाच्नको लागि सहयोगीको भुमिका खेल्ने चाहना हो । मन्त्रालयमा गएर स्र्टन गरेर मेनपावर व्यवसायीसँग दुश्मन कमाउने कुनै रहर छैन । नेपाली नागरिकलाई विदेशमा गएर कमाउने वातावरण मेनपावर व्यवसायीहरुले नै बनाउनु भएको हो । मेनपावर व्यवसायीहरु प्रति मेरो कुनै गुनासो र रिस राग छैन । मुलुक समृद्ध बन्छ भने निजी क्षेत्रको प्रयासबाट मात्रै बन्छ । यो कुरामा दुई मत छैन ।

    मुलुकका राजनीतिक नेताहरुले गरेको भाषणबाट देश समृद्ध बन्न सम्भव छैन । वैदेशिक रोजगारमा जाने नेपालीहरुबाट २ खर्ब बढी रकम उठाएको विषय गम्भिर हो । यो विषयमा सरकार चुप लागेर बस्न सक्दैन । सरकारले गरेको अध्ययनबाट २०१ अर्ब ६० करोड रुपैयाँ गैरबैंकिङ कारोबार भएको छ । त्यसलाई बैंकिङ कारोबारमा ल्याउने गरी नीतिमा काम गरिरहेका छौं ।’

    उनले वैदेशिक रोजगारमा जाने नेपालीहरुबाट २ खर्ब बढी रकम उठाएको विषय गम्भिर रुपमा लिएको भन्दै यो विषयमा सरकार चुप लागेर बस्न नसक्ने बताए । उनले सरकारले गरेको अध्ययनबाट २०१ अर्ब ६० करोड रुपैयाँ गैरबैंकिङ प्रणालीमा ल्याउने गरी नीति बनाउने काम गरिरहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend