बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

सेयर बजार दोहोरो अकंले बढ्याे, काराेबार कति ?

सेयर बजार दोहोरो अकंले बढ्याे, काराेबार कति ?

काठमाडौँ । लगातार तीन दिन ओरालो लागेको सेयर बजार आज भने दोहोरो अकंले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.२९ अकंले बढेर २०५३.३८ बिन्दुमा बन्द भएको छ ।

सोमबार ३२३ कम्पनीको ७१ लाख ६५ हजार ७३५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९९ करोड ९९ लाख ६५ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

यसदिन ११ उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको २.०४ प्रतिशत, विकास बैंक समूहको १.३१ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.८० प्रतिशत, जीवन बीमा समूहको ०.५३ प्रतिशत र निर्जीवन बीमा समूहको ०.४९ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज हिमालयन उर्जा विकासका लगानीकर्ताले ९ दशलमव ७४ प्रतिशतका दरले कमाएका छन् । दोर्दी खोला जलविद्युतका लगानीकर्ताले ८ दशलमव ४७ प्रतिशतका दरले कमाएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७ दशलमव ५२ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend