बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

अन्तर्राष्ट्रिय सम्बन्धको केन्द्रमा राष्ट्रको हीत र जनता हुनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

अन्तर्राष्ट्रिय सम्बन्धको केन्द्रमा राष्ट्रको हीत र जनता हुनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

k|ltlglw;ef a}7s sf7df8f}F, !( r}tM pkk|wfgdGqL Pj+ u[xdGqL gf/fo0fsfhL >]i7 k|ltlglw;efsf] cfh a;]sf] a}7sdf ;fj{hlgs dxTjsf] k|:tfj k|:t't ug'{x'Fb} . tl:a/M ls/0f/fh lji6÷/f;;

काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले अन्तर्राष्ट्रिय सम्बन्धको केन्द्रमा राष्ट्रको हीत र जनता हुनुपर्ने बताएका छन् । सोमबार परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले विश्व शान्ति, विकास र स्थायित्वका लागि नेपालले पनि काम गर्न आवश्यक रहेको बताए । उनले अहिले जलवायु परिवर्तन, साइबर सुरक्षा, उर्जा सुरक्षा, अन्तरदेशीय संगठित अपराध, कृत्रिम बौद्धिकता जस्ता विषयले चुनौति थपिँदै गएको बताए । यसमा नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध र समन्वयलाई प्रभावकारी ढंगले अगाडि बढाउन आवश्यक रहेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ ।

नेपालले अन्तर्राष्ट्रिय सम्बन्धलाई देशको एकता, सार्वभौम सत्ता र निष्पक्षताको कसीमा राखेर अघि बढाउन आवश्यक रहेको र यसलाई वैदेशिक सम्बन्ध र सहायता आदानप्रदानमा पनि लागू गर्न जरुरी रहेको उल्लेख गरे । उनले विश्व परिवेश र विश्व राजनीतिलाई नेपालले महत्वका साथ हेर्न आवश्यक रहेको पनि बताए ।

उनले भने, ‘नेपालले आफ्नो राष्ट्रहीतलाई केन्द्रमा राखेर वैदेशिक परराष्ट्रनीति अवलम्वन गर्दै आएको छ । यो नीति छिमेकी राष्ट्र र अन्य राष्ट्रसँग समान छ । विश्व परिवेश र विश्व राजनीतिलाई नेपालले महत्वका साथ हेर्न आवश्यक छ । विश्व शान्ति, विकास र स्थायित्वका लागि नेपालले पनि काम गर्नुपर्छ । अहिले जलवायु परिवर्तन, साइबर सुरक्षा, उर्जा सुरक्षा, अन्तरदेशीय संगठित अपराध, कृत्रिम बौद्धिकता जस्ता विषयले चुनौति थपिँदै गएको छ ।

यसमा नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध र समन्वयलाई प्रभावकारी ढंगले अगाडि बढाउन आवश्यक छ । नेपालले अन्तर्राष्ट्रिय सम्बन्धलाई देशको एकता, सार्वभौम सत्ता र निष्पक्षताको कसीमा राखेर अघि बढाउन आवश्यक छ । यो वैदेशिक सम्बन्ध र सहायता आदानप्रदानमा पनि लागू गर्न जरुरी छ । अन्तर्राष्ट्रिय सम्बन्धको केन्द्रमा राष्ट्रको हीत र जनता हुनुपर्छ ।’

उपप्रधानमन्त्री श्रेष्ठले नेपालले आफ्नो राष्ट्रहीतलाई केन्द्रमा राखेर वैदेशिक परराष्ट्रनीति अवलम्वन गर्दै आएको बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend