logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सत्ता समिकरण फेरबदलको चर्चाबारे गृहमन्त्रीले भने – हल्ला मात्रै हो, मलाई थाहा छैन

    सत्ता समिकरण फेरबदलको चर्चाबारे गृहमन्त्रीले भने – हल्ला मात्रै हो, मलाई थाहा छैन

    469
    Shares
    सत्ता समिकरण फेरबदलको चर्चाबारे गृहमन्त्रीले भने – हल्ला मात्रै हो, मलाई थाहा छैन

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सत्ता समिकरण फेरबदल हुनेकुरा हल्ला मात्रै भएको बताएका छन् । सोमवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री लामिछानेले सत्ता समिकरण फेरबदल हुन लागेको बारे आफूलाई कुनै जानकारी नभएको बताएका हुन् ।

    उनले बाहिर सञ्चारमाध्यममा आएका कुराहरु हल्ला मात्रै भएको बताए । उनले आफुले दुई जना नेताहरुसँग कुराकानी गरेको भन्दै आफूले त्यस्तो छनक नपाएको बताए ।

    उनले भने– ‘हल्ला मात्रै हो । त्यस्तो थाहा छैन । म पनि सरकारमै छु । सरकार गठबन्धनको एउटा पार्टनर नै हुँ । त्यस्तो केही पनि छैन । मेरो भर्खरै दुईजना नेतासँग कुरा पनि भयो । कहिलेकाहीँ विभिन्न प्रक्रियाहरुमा केही असमझदारी हुँदाखेरी भेटघाट गर्ने कुरा भइरहन्छ । सामान्य भेटघाट नै हो । यसलाई कुनै त्यस्तो गम्भीरतापूर्वक लिनुपर्ने केही पनि छैन ।’

    गृहमन्त्री लामिछानेले शीर्ष नेताहरु बीचको भेटघाट समान्य भेटघाटको रुपमा रहेको भन्दै त्यसलाई गम्भीरतापूर्वक लिनु नपर्ने बताए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend