सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

‘नवीकरणीय ऊर्जा विधेयक’ विधायन व्यवस्थापन समितिमा

‘नवीकरणीय ऊर्जा विधेयक’ विधायन व्यवस्थापन समितिमा

राष्ट्रियसभा बैठक काठमाडौँ, १७ असार ः सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रियसभाको सोमबार बसेको बैठक। तस्बिर ः रत्न श्रेष्ठ÷रासस

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१’ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतका तर्फबाट शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले उक्त विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गरेकी थिइन् । सो प्रस्तावलाई सभाको सर्वसहमतिले स्वीकृत गरेको थियो ।

राष्ट्रियसभाको अर्को बैठक यही असार १८ गते मङ्गलबार दिउँसो १ बजेर १५ मिनेटमा बस्नेछ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend