बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

स्वास्थ्य क्षेत्रमा जनशक्ति थप्ने तयारीमा छौँ : स्वास्थ्यमन्त्री यादव

स्वास्थ्य क्षेत्रमा जनशक्ति थप्ने तयारीमा छौँ : स्वास्थ्यमन्त्री यादव

वन तथा वातावरणमन्त्री प्रदीप यादव सोमबार दक्षिण एसिया देशहरुमा रहेका नदी तथा समुन्द्रलाई प्लास्टिक प्रदूषण मूक्त बनाउन दक्षिण एसिया सहकारी वातावरण कार्यक्रम (सासोप) ले आयोजना गरेको सरोकारवाला परामर्शदाता तथा निकायहरुको सहभागितामा देश विशेष वृहत् कार्यशाला कार्यक्रममा धारणा राख्नुहुँदै । तस्बिर सौजन्य ः वन तथा वातावरणमन्त्रीको निजी सचिवालय÷रासस÷रासस

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य क्षेत्रमा जनशक्ति थप्न तयारी भइरहेको बताएका छन् ।

आज स्वास्थ्य मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा उनले देशभर करिब ९२ हजार स्वास्थ्य जनशक्तिको दरबन्दी बढाउन सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) को काम भइरहेको जानकारी दिए । उनले भने, “जनशक्ति बढाउन हामी काम गरिरहेका छौँ । त्यससम्बन्धी प्रस्ताव अर्थ मन्त्रालयमा पठाएका छौँ । यो कार्यान्वयन भयोभने धेरै समस्या हल हुन्छन् ।”

फरक प्रसङ्गमा मन्त्री यादवले जनशक्ति अभाव भएका बेला करारमा पनि दक्ष व्यक्तिलाई काम लगाउन अस्पताललाई निर्देशन दिइएको बताए ।

“जनता निरास छन् । श्यया पाएका छैनन् । फार्मेसीमा औषधि पाइँदैन । शल्यक्रियाका लागि समय नपाउने समस्या छ । सोर्स लगाउनुपर्ने अवस्था छ, त्यस्तो अवस्थाको अन्त्यका लागिपरेको छु”, स्वास्थ्यमन्त्रीले भने ।

उनले अस्पताल तथा फार्मेसीको अनुगमनले काम गर्ने उर्जा दिएको र स्वास्थ्य क्षेत्रको वास्तविक अवस्थालाई नियाल्न पाएको बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend