बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

खेल क्षेत्रलाई संस्थागत विकास गर्न घरेलु प्रतियोगिताको भुमिका महत्वपूर्ण : प्रधानमन्त्री

खेल क्षेत्रलाई संस्थागत विकास गर्न घरेलु प्रतियोगिताको भुमिका महत्वपूर्ण : प्रधानमन्त्री

प्रम दाहाल काठमाडौँ, १७ असार ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार काठमाडौँमा आयोजित ‘प्रकाश दाहाल स्मृति चौथो महिला तथा पुरूष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै । तस्बिर ः प्रदीपराज वन्त÷रासस

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले खेल क्षेत्रलाई संस्थागत रुपले विकास गर्न घरेलु प्रतियोगिताहरुको महत्वपूर्ण भुमिका हुने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित प्रकाश दाहाल स्मृति चौंथो महिला तथा पुरूष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले खेल क्षेत्रलाई संस्थागत रुपले विकास गर्न आन्तरिक खेलकुद कार्यक्रमहरुको भुमिका उल्लेख्य हुने बताए । उनले प्रकाश दाहाल युवाहरुको मनमा राम्रोसँग बस्न सफल भएको कार्यक्रमको उपस्थितिबाट प्रमाणित भएको बताए । उनले चौथो प्रकाश दाहाल मेमोरियल खुला राष्ट्रिय बक्सिङ च्याम्पियनसिपले प्रकाश दाहालका स्मृति मात्रै नभइ योगदानलाई पनि जीवन्त राख्ने महत्वपूर्ण भुमिका खेलेको बताए ।

उनले भने, ‘यहाँहरुको उपस्थिति र उत्साह हेर्दा प्रकाश दाहाल साँच्चै नै युवाहरुमा राम्रैसँग बस्न सफल भएका थिए भन्ने कुरालाई यसले फेरि प्रमाणित गरेको छ । तपाईंहरु सबैलाई धन्यवाद भन्न चाहन्छु । यो आयोजनामार्फत प्रकाश दाहालका स्मृति मात्रै होइन, उनका योगदानलाई पनि जीवन्त राख्ने महत्वपूर्ण भुमिका खेलेको छ ।

खेलाडी भाई बहिनीहरुलाई उच्च प्रोत्साहनका साथ अनुशासित रुपले खेल सम्पन्न गर्न बधाई दिन्छु । खेल क्षेत्रलाई संस्थागत रुपले विकास गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भुमिका खेल्छन् ।’

प्रतियोगिता असार २१ गतेसम्म सञ्चालन हुनेछ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend