logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • नयाँ सरकार बनाउने कसरत सुरु, अध्यक्ष ओलीले मन्त्रीहरुलाई बोलाए बालकोट

    नयाँ सरकार बनाउने कसरत सुरु, अध्यक्ष ओलीले मन्त्रीहरुलाई बोलाए बालकोट

    2K
    Shares
    नयाँ सरकार बनाउने कसरत सुरु, अध्यक्ष ओलीले मन्त्रीहरुलाई बोलाए बालकोट

    काठमाडौँ । नयाँ सरकार बनाउने कसरत सुरु भएकाे छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका मन्त्रीहरुलाई बालकोट बोलाएका छन् । सत्ता समीकरण परिवर्तनको चर्चा भइरहेका बेला अध्यक्ष ओलीले आफ्नो पार्टीबाट प्रतिनिधित्व गरेका मन्त्रीलाई आफ्नो निवास बोलाएका हुन् ।

    सत्ता गठबन्धन फेरबदलको चर्चाकाबीच मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसिरहेको छ । बैठकमा एमालेका मन्त्रीहरु पनि सहभागी छन् ।

    मन्त्रिपरिषद् बैठकलगत्तै एमालेका मन्त्रीहरु बालकोट जाने तयारी छ । तर ओलीले आफ्नो पार्टीका मन्त्रीलाई बालकोट किन बोलाएको भन्ने खुलेको छैन ।

    आज बिहान अध्यक्ष ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियाे ।

    शनिवार कांग्रेस सभापति शेरबहादुर देउवालाई घरमै बोलाएर ओलीले तीन घण्टा छलफल गरेपछि राजनीतमा नयाँ तरंग सिर्जना भएको थियाे । शीर्ष नेताहरूको भेटघाट पनि बाक्लिएको छ ।

    आइतबार मात्रै ओली, प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिंहदरबारमा छलफल पनि गरेका थिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend