
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरण फेरबदलबारे बाहिर आएका हल्ला सत्य नभएको बताएका छन् । मन्त्रिपरिषद्को सोमबारको बैठकमा प्रधानमन्त्री दाहालले नेकपा (एमाले) सहितको वर्तमान गठबन्धन लामै समय जाने बताए ।
उनले सरकार परिवर्तनबारे चलेका हल्ला निराधार रहेको बताए ।
सरकारकी प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले भनिन्, ‘प्रधानमन्त्रीले केही ब्रिफिङ गर्नुभयो हामीलाई। एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीका बीचमा हिजो पनि आज पनि छलफल भयो। जति पनि असमझदारी भए, बढे भनेर बाहिर अफवाह चलेको छ। ती सबै असत्य हुन् भने। हाम्रो छलफल सकारात्मक भएको छ। यो गठबन्धन लामै समय जाने स्थिति बनेको छ भन्नुभएको छ। हामीलाई त्यस्तो खालको अनुभूति छैन ।’
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend