बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

प्रधानमन्त्रीलाई भेट्न कार्यालयमा पुगे गृहमन्त्री लामिछाने

प्रधानमन्त्रीलाई भेट्न कार्यालयमा पुगे गृहमन्त्री लामिछाने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रधानमन्त्री कार्यालय पुगेका छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेबिच सत्ता सहकार्यमा सहमति भएपछि गृहमन्त्री लामिछाने प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को यसअघि बसेको बैठकले नयाँ गठबन्धनमा सहभागि नहुने निर्णय गरेको थियो ।

रास्वपाले उक्त बैठकमा नयाँ गठबन्धनको सरकार बन्ने प्रक्रिया सुरु हुने बित्तिकै सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend